१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरमा आगजनी गरेपछि विक परिवार विचल्लीमा

खोटाङ – अज्ञात समूहले घरमा आगजनी गरेपछि खोटाङमा एक परिवार विचल्लीमा परेको छ। कोही नभएकोबेला रातका समयमा भएको आगजनीमा घर जलेपछि रावाबेँसी गाउँपालिका–६ हौंचुर गिद्धेका डाकमान बिकको परिवार बिस्थापित भएको हो।

डाकमान रोजगारीका लागि सिन्धुपाल्चोक पुगेको र श्रीमती माईती गएको बेलामा शनिबार घरमा आगजनी भएको बिक परिवारले बताएका छन्। बिवाहपछि परिवारबाट छुट्टै बस्न थालेको ६÷७ महिनापछि बिकको घरमा आगलागी भएको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए।

आगलागीबाट विक परिवारको ३ लाख बराबरको धनमालमा क्षति पुगेको प्रहरीले जनाएको छ। विस्थापित परिवार छिमेकीको आश्रयमा बसिरहेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी चौकी जालपाले जनाएको छ। घट्नामा संलग्न रहेको आशंकामा प्रहरीले सोमबार १४ वर्ष र १५ वर्षका दुई बालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १६ माघ २०७४ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App