१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माघ १७ मा खग्रास चन्द्रग्रहण, कीर्तिपुरबाट प्रत्यक्ष अवलोकन गराइने

काठमाडौं – खग्रास चन्द्र ग्रहण माघ १७ गते बुधवार लाग्ने भएको छ।

कीर्तिपुरस्थित विपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालय विकास समितिले साँझ ५ बजेर ३२.८ मिनेटमा प्रारम्भ भई राति ९ बजेर ५४.९ मिनेटसम्म नेपालको सबै भागबाट चन्द्र ग्रहण देख्न सकिने जानकारी दिएको छ। साथै समितिले ग्रहणको प्रत्यक्ष अवलोकन गराउने भएको छ।

समितिका अनुसार चन्द्रग्रहण खग्रासमा साँझ ६ बजेर ३६ मिनेटमा  प्रवेश गरी ७ बजेर १४.८ मिनेटमा मध्य साँझ ७ बजेर ५३.२ मिनेटमा मुक्त हुनेछ। त्यस बखत चन्द्रमाका सम्पूर्ण भागहरु ढाकिने छ। काठमाडौंमा चन्द्रमा साँझ ५ बजेर ३६ मिनेटमा उदाउने हुदाँ चन्द्रमा उदाउने समयमा नै चन्द्र ग्रहण लागिसकेको अवस्थामा देखिन्छ।

सौर्य मण्डलका सम्पूर्ण ग्रहहरु आफ्नो कक्षमा परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै परिभ्रमण गर्ने क्रममा चन्द्रमा र सूर्यको विचमा पृथ्वी पर्न गई सूर्यको प्रकाश छेकिएर पृथ्वीको छाँया चन्द्रमा पर्दा चन्द्र ग्रहण हुन्छ।

चन्द्र ग्रहण खग्रास र खण्डग्रास हुन्छ। नेपालबाट २०७४ साउन २३ राती खण्डग्रास चन्द्रग्रहण देखिएको थियो।  चन्द्र ग्रहणलाई नाङ्गै आँखाले अवलोकन गर्न सकिन्छ। उक्त ग्रहण लागेको समयमा मानव जातिमा पर्ने प्रभावका सम्बन्धमा कुनै पनि वैज्ञानिक प्रमाणहरु हालसम्म प्राप्त हुन सकेका छैनन्।

उक्त खग्रास चन्द्रग्रहणको विज्ञान सङ्ग्रहालयको परिसरबाट प्रत्यक्ष रुपमा अवलोकन गर्ने कार्यक्रम रहेको छ। सर्वसाधारणहरुले पनि यहाँबाट अवलोकन गराइने बताइएको छ।

प्रकाशित: १५ माघ २०७४ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App