१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वका पाँच व्याण्ड : जो तोडिए अनि जोडिए

लन्डन - चर्चाको शिखरमा रहेका सांगीतिक व्याण्डहरु छुट्टिएको खवर सार्वजनिक हुँदा फ्यानहरु निराश हुन्छन्। फ्यानहरुको संख्या बाँडिदा प्रख्याती घट्छ। कतिपय भने जानेलाई जान देउ र बाँकी रहनेलाई साथ देउ भन्ने खालका पनि हुन्छन्।

बीबीसीले गरेको अध्ययनले देखाएअनुसार दुर्भाग्यवश छुट्टिएका व्याण्डहरु फेरि एक भैहालेपनि फ्यानहरुले सुरुमा जस्तो साथ दिंदैनन्। जतिसुकै सशक्त रुपमा कमव्याक गरेपनि फ्यानहरुले विश्वास गर्दैनन्। यहाँ टुटेर पनि एक भएका र प्रख्याती कमाएका केहि व्याण्डहरुको चर्चा गरिएको छ।

१. द स्मिथ

इङ्गलिस रक व्यान्ड द स्मिथ सन् १९८२ मा ब्रिटेनको म्यानचेस्टरमा स्थापना भएको थियो। सन् १९८० मा ब्रिटेनले स्वतन्त्रता दिवस मनाइरहँदा गरिएको एक सांगीतिक समारोहमा भेट भएका विभिन्न युवाहरुले एक म्युजिक समुह बनाएर काम गर्ने सपना पाले र सपनाले दुई वर्षपछि सन् १९८२ मा पूर्णता पायो।

व्याण्डको बारेमा बोल्दै क्यू म्यागजिनका सिमोन गडार्दले सन् २००७ को एक म्युजिकल भेलामा भनेका थिए असीको दशकमा एकमात्र सुनिएको स्वर थियो ‘द स्मिथ’। ८० को दशकमा यो व्याण्डलाई सबैभन्दा उत्कृष्ट गितारिस्टको समूह भनेर पनि चिनिन्थ्यो। व्याण्डमा गितारिस्ट जोनी मार, एन्डी रोर्के, ड्रमर माइक जोएससहित चार जनाको समूह थियो। व्याण्डले सन् १९८४ मा पहिलो एल्बम ‘द स्मिथ’, सन् १९८५ ‘मिट इज मर्डर’, सन् १९८६ ‘द क्वीन इज डेड’ र ‘स्ट्रेञ्ज वे’ गरी चार एल्वम निकालेको थियो।
आन्तरिक कलहको कारण व्याण्ड सन् १९८७ मा फुटेको थियो । पुनः यो व्याण्ड सन् २०१४ मा एक भएर काम गरेका थिए । हालैमात्र एक प्रेस विज्ञप्तिमा व्याण्डका तीनजना कलाकार मिलेर पुनः एक अर्केस्टा गर्न लागेको बताए।

२. द डोर्स

सन् १९६५ मा स्थापना भएको द डोर्स अमेरिकी रक व्याण्ड हो। अमेरिकाको लस एन्जलसबाट शुरुवात गरेको व्याण्डको नाम प्रख्यात लेखक एल्डस हक्सलेको किताव ‘डोर्स अफ परसेप्सन’बाट लिइएको थियो। तत्कालीन समयमा निकै नैैै लोकप्रियता कमाएको व्याण्डले आफ्नो प्रस्तुति विलकुलै फरक ढंगबाट प्रस्तुत गर्ने गरेको थियो। द डोर्सको नाम संगीतमा क्रान्ति गर्ने समूह भनेर पनि चिनिन्छ।
समूहमा चर्चित भोकलिस्ट जेम मोरेसन सहित किबोर्डिस्ट रे म्यानजर्क, गितारिस्ट रोवी कृङग र ड्रमर जोन डेन्समोरे गरी जम्मा चार जना थिए। ‘द डोसर्’ सन् १९६० को दशकमा विलकुलै फरक धारको गीत गाएर विवादमा फसेको थियो।

सन् १९७१ मा गायक मोरेसनको मृत्युसँगै व्याण्डको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको थियो । मोरेसनको मृत्यु भएको दुई वर्षपछि यो व्याण्ड सहमतिमै सन् १९७३ मा बन्द भएको थियो।
व्याण्डले ‘स्ट्रेन्ज डेज’ १९६७, ‘वेटिङ फर द सन’ १९६८, ‘द सफ्ट पाराडे’ १९६९, ‘मोरिसन होटल’ र ‘एव्सोलिउटली लाइभ’ १९७०, ‘एल ए वुमन’ १९७१ सहित विभिन्न दशवटा एल्वम बजारमा ल्याएको थियो।   

सन् १९७१ मा एक पत्रिकाले निकालेको तथ्याङ्कमा भनिएको छ, द डोर्सको एल्वम एक चालीस लाख प्रति बिक्री  भएको थियो । मोरेसनकोे निधनपछि एक्लाएक्लै सक्रिय रहेका व्यान्डका सदस्यहरु म्यानजर्क, क्रिङगर र डेन्समोरेको सक्रियतामा सन् २००० को ‘भि एच वान’को स्टोरी टेलरमा एक भएर काम गरेका थिए।

३. इस्ट १७

यो व्याण्डको चर्चा गर्दा सन् १९९० मा स्थापना भएको व्याण्ड ‘टेक द्याट’ (१९९० देखि १९९५ मा विलिएम्सले छोडेको एकवर्षपछि सबै कलाकारहरु एक्लाएक्लै भए)को कुरा आउछ। ब्रिटेनको म्यानचेस्टरमा इङ्गलिस पप गीत गाउने केटाहरुको समूहले ‘टेक द्याट’ व्याण्डको नामबाट आफुलाई चिनाउन थाले। समूह निर्माणमा चर्चित गायक तथा गितकार ग्रे बार्लोनको पनि मुख्य भूमिका रह्यो। उनै बार्लोनको सक्रियतामा सन् १९९३ मा ‘इस्ट १७’को स्थापना भयो।

पप संगीतमा सफल रहेका विभिन्न केटाहरुको सहभागिता रहेको व्याण्ड चर्चाको शिखरमा पुग्न धेरै समय लागेन। सफलताको शिखरमा पुग्ने बेलामा आपसमा खुट्टा तान्ने काम भयो भने तल झरिन्छ भनेजस्तै उनीहरु (व्रेन हार्वे र टोनी मोर्टीमर)को वीचमा उत्पन्न तनावले व्याण्ड अन्तत फुट्ने अवस्थामा पुग्यो। सन् २००० मा फुटेको व्याण्ड सन् २००६ मा पुनः जोडिने अवस्थामा पुग्यो। सन् २००६ मा सेफर्ड वस इम्पाएरले आयोजना गरेको एक कार्यक्रममा एकसाथ प्रतुति दिएर उनीहरु एक भएका थिए। रिपोर्टका अनुसार व्याण्डका चार जनाको सक्रियतामा केहि वर्ष काम गरेपछि सन् २०१० मा वे्रन हार्वेले व्याण्ड छोडेका थिए। त्यसको तीन वर्षपछि एल्वम ‘डार्क लाइट’ निकालेर टोनी मोर्टिमरले पनि व्याण्ड छाडे। अहिले व्याण्डमा जोन हेन्डी र टेरि कोल्डवेलको साथमा युके स्टार रोवी कृङग रहेका छन्।

४. सुगावावेज

ब्रिटेनका संगीतमा लगाव राख्ने युवतीहरु मिलेर सन् १९९८ मा स्थापना गरेको व्याण्डको नाम हो सुगावावेज। सुगावावेजलाई उनीहरुको आन्तरिक रुपमा व्याण्ड छाड्ने र व्याण्डमा फर्कने कारण धेरै चिनिन्छ। सन् २००० मा पहिलो एल्वम ‘वन टच’ निकालेपछि व्याण्डको संस्थापक सिओभा डोनाग्यले व्याण्ड छोडेकी थिइन्। सन् २००१ मा उनको दुरागमनले व्याण्डको पहिलो एल्बममा नकारात्मक असर गरेको थियो। लगातार रुपमा अर्की व्याण्ड मेम्बर मुटिया बुनाले पनि आफ्नो चौथो एल्बम निकालेपछि ब्याण्ड छाडिन्। गायिका अमेला वेराभाले उनलाई रिप्लेस गरेकी थिइन्। लगत्तै केसा बुचानानले पनि व्याण्ड छाडेकी हुन्।

एघार वर्षपछि सन् २००९ मा व्याण्डकी संस्थापक सुगावावेज तथा बुचानानसहित मुटियाको पनि पुनरागमन भयो। सन् २०११ मा उनिहरुले व्याण्डको नाम नै परिवर्तन गरेर ‘मुटिया केसा सिओवान’ बनाए।

५. द वर्डस्

सन् १९६४ मा अमेरिकी म्युजिसियन रोगर म्याकगुइन, गायक तथा गितारिस्ट डेभिड क्रसवे, म्युजिसियन क्रिस हिल म्यानले स्थापना गरेको व्याण्डको नाम हो व्र्डस्।

द वर्डस् स्थापनाको २०औं वर्षको सम्झनामा व्याण्डमा पछि जोडिन आएका विभिन्न म्युजिसियनहरुले कार्यक्रम गरेका थिए। कार्यक्रमको नाम ‘सम्झनामा व्र्डस्’ राख्दा टिकट धेरै विक्री हुने भएकाले यसो गरेको भनेर आलोचना भएको थियो।

वर्डस् व्यान्ड सन् १९७३ मा खारेज भएको थियो। सन् १९८० मा म्युजिकल टुर तथा व्यान्ड पुनः सञ्चालनको लागि गेने र माइकलले संस्थापक म्याक गुइन, क्रसवे र हिलम्यानसँग अनुमति मागेका थिए।

सन् १९९१ मा व्याण्डका पूर्व सदस्य गे क्लार्कको निधनपछि पनि यस्तो किसिमको ‘सम्झनामा व्र्डस्’ भन्ने कार्यक्रम नरोकिएपछि व्याण्डका सस्थापक क्रसवेले सन् २००२ मा व्याण्डको नाममा त्यसो नगर्न कानुनी अधिकार मागेका थिए।

प्रकाशित: १५ माघ २०७४ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App