कांग्रेस : सत्ता कि रूपान्तरण ?

सोमबार, १५ माघ २०७४, ११ : ४९ जैनेन्द्र जीवन

ढीठ नेतृत्व
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नराम्रो पराजय बेहोरेको देशको सबभन्दा पुरानो र चुनाव पूर्वसम्म सबभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरूको सबभन्दा ठूलो चिन्ता र यत्न यतिखेर किन र कसरी यस्तो भयो भनी गम्भीर समीक्षा गरेर पार्टीलाई सवल बनाउन लागिपर्नेमा छैन । पराजयको अपजस आफूले लिन नपरोस् भन्नेमा छ । सत्ताबाट बिस्थापित हुनुपर्ने पीडाले छटपटाइरहेका पार्टी सभापति शेरबहादुर देउवा  र उनका विश्वासपात्रहरूलाई त्यो अपजसले पार्टी नेतृत्वबाट पनि विस्थापित हुनुपर्ला कि भन्ने सुर्ता थपिएको छ । त्यसैले पार्टीको सात दशक लामो इतिहासकै सबभन्दा ठूलो चुनावी पराजयपछि पनि पराजयको इमानदार र निष्पक्ष आत्मसमीक्षा गर्न÷गराउन उनीहरू चाहँदैनन् ।  कार्यकर्ता र समर्थक सबै यतिखेर आक्रोशित छन्, केही समयपछि जब अक्र्रोश सेलाउँछ, नेतृत्व परिवर्तनको कुरा पनि आपसेआप सेलाइहाल्छ भन्ने उनीहरूको रणनीति छ । उनीहरूमात्र होइन, उपसभापति रामचन्द्र पौडेल, कोइराला परिवारलगायत विभिन्न संस्थापक नेतृत्वको घरानाका वंश÷विरासत परम्पराबाट आएका नेताहरू, कृष्ण सिटौला इत्यादि र उनीहरूका गुट, त्यस्तै केन्द्रीय समितिका अधिकांश नेता कसैमा पनि आत्मसमीक्षा गर्ने तत्परता देखिंँदैन । बरु त्यो दोष आफ्नो प्रतिस्पर्धी नेता/गुटलाई बोकाउन पाए पार्टीभित्र उनीहरू कमजोर हुन्थे, फलतः पार्टीमा आप्mनो हालीमुहाली चल्थ्यो भन्ने आकलन छ प्रत्येकको।


सत्ताबाट बिस्थापित हुनुपर्ने पीडाले छटपटाइरहेका पार्टी सभापति शेरबहादुर देउवा  र उनका विश्वासपात्रहरूलाई त्यो अपजसले पार्टी नेतृत्वबाट पनि विस्थापित हुनुपर्ला कि भन्ने सुर्ता थपिएको छ।

समीक्षा यदि गर्नै परेछ भने पनि यो पराजय नै होइन, समानुपातिकतर्फ हामी झण्डै एमालेको हाराहारीमा छौँ, चुनावमा पराजय भए पनि सिद्धान्तमा हाम्रो जीत भएको छ भन्ने जस्ता आत्मरति कार्यकर्तालाई बाँडेर उम्कने उनीहरूको योजना छ । यस्ता भनाइ आउन सुरु भइसकेका पनि छन् । यस्ता तर्क र दिलासाले विभिन्न निर्वाचन क्षेत्रमा गुटगतलगायत विभिन्न गलत आधारमा गलत उम्मेदवारलाई गलत तरिकाबाट टिकट दिएको र अन्तर्घात वा असहयोग भएका कारण चुनाव हारेको जस्ता कुराको ढाकछोप हुनेछ भन्ने लागेको छ सबै पक्षलाई । किनकि पराजयका लागि प्रायः सबै नेता र कतिपय कार्यकर्तासमेत केही न केही दोषी छन् गलतलाई टिकट दिन नेताहरू आफैँ लागे भने अन्तर्घात वा असहयोग गर्ने आफ्ना कार्यकर्तालाई उनीहरूले रोक्न सकेनन्, चाहेनन्।

लाखौँको संख्यामा रहेका पार्टीबाहिरका समर्थक, शुभेच्छुकको आक्रोशको त, जति रिसाए पनि अन्ततोगत्वा तिनले हामीलाई नै भोट दिइहाल्छन् भन्ने ‘फर ग्रान्ेटड’ मनोविज्ञान भएका कांग्रेसका नेताहरूले कहिल्यै मतलवै गरेनन् । देउवाले त उनीहरूको आक्रोशमा अझ घ्यु थप्ने काम गरे प्रधानमन्त्रीको हैसियतमा एकपछि अर्को अलोकप्रिय, जनभावना विपरित र ‘एन्टी करेन्ट’ काम÷निर्णयहरू गरिरहे । गरेनन्मात्र, चुनावको मुखमा त्यसो नगरियोस् भन्नेसँग उल्टै रिसाए । भावना, विचार, ऐतिहासिक वा पारिवारिक पृष्ठभूमि आदिका कारण अरु कसैलाई भोट नहाल्ने कांग्रेसको परम्परागत भोटब्यांक, सत्तामा बस्दा आर्जन गरेको पैसा एवं शक्ति र बिपीको नामलगायत गौरवमय इतिहासको ब्याज– यति कुरा छउन्जेल सधैँ चुनाव जितिरहिन्छ भन्ने सोच उनीलगायत कांग्रेसका धेरै नेतागणमा अझै बाँकी छ।

समीक्षा यदि गर्नै परेछ भने पनि यो पराजय नै होइन, समानुपातिकतर्फ हामी झण्डै एमालेको हाराहारीमा छौँ, चुनावमा पराजय भए पनि सिद्धान्तमा हाम्रो जीत भएको छ भन्ने जस्ता आत्मरति कार्यकर्तालाई बाँडेर उम्कने उनीहरूको योजना छ । यस्ता भनाइ आउन सुरु भइसकेका पनि छन् ।

आजका मितिमा कांग्रेसको एउटा प्रमुख समस्या यो सोच पनि हो । समय बदलिँंदै छ, ती ‘फ्याक्टर’ ले मात्र अबको चुनाव जितिँंदैन, अबको चुनाव जित्न चुस्त संगठन, ‘टिम स्पिरिट’, कुशल रणनीति र आन्तरिक प्रजातन्त्रको धनी एमाले नेतृत्वको वाम गठबन्धनलाई टक्कर दिन सक्ने दरो संगठन र कार्यप्रणाली चाहिन्छ भन्ने कुरा कांग्रेसको नेतृत्व वर्गले बुभ्mदैन । त्यस्तै, आन्तरिक एकता र सशक्त चुनाव क्याम्पेन, सैद्धान्तिक स्पष्टता र समयानुकूल अजेन्डा, राम्रो र लोकप्रिय काम गरेको ‘ट्रयाक रेकर्ड’, जनतासँगको संवाद गर्ने कलाका साथसाथै स्वच्छ छवि भएका नेता, कार्यकर्ता र उम्मेदवार चाहिन्छ (थोरै ठाउँमा ‘मनी मसल’ का धनी डनहरूले चुनाव जित्नु बेग्लै कुरा हो) जुन कुरामा हामी कमजोर छौँ भन्ने बोध उनीहरूमा देखिँदैन।

वास्तवमा त्यस्तो बोध हुने समयचेत, गतिशीलता र उमेर कांग्रेसको अहिलेको नेतृत्व पुस्तामा हुन्थ्यो भने उसलाई भोट हाल्ने परम्परागत मतदाताले पनि अबचाहिँ कांग्रेसको विकल्प खोजे है भन्ने बुभ्mन दुइटा उदाहरण नै काफी थिए । एक, संविधानसभा चुनावमा मूलतः कांग्रेसकै परम्परागत मतदाताको ठूलो चोइटोले समानुपातिकतर्फको मत गाई चिह्नमा हालेर राप्रपा नेपाललाई सदनको चौथो ठूलो दल बनाएको घटना । र दुई, नौ महिना अगाडिमात्र काठमाडौँ महानगरपालिकाको चुनावमा नगर पञ्चायतको जमानादेखि नै ‘गणेशमानजीले लठ्ठी उठाइदिँदा पनि भोट हाल्दै आएको’ कांग्रेसी मतदाताको एउटा ठूलो हिस्साले ‘स्वच्छता, सुशासन र डेलिभरी’ को नारामा चुनाव लडेका विवेकशील र साझा दलका मेयर प्रत्याशीलाई भोट हालेको अवस्था । जसका कारण कांग्रेसका मेयर प्रत्याशी हारेका थिए, नभए त उपमेयरमा जित्दा मेयरमा चाहिँ कांग्रेसले हार्नुपर्ने थिएन।

नेतृत्व पुस्तान्तरण :‘इमर्जेन्सी’ उपचार
त्यस्तो सूक्ष्म अध्ययन, आकलन गर्ने र त्यसमा बहस गर्ने चलन त कांग्रेस वृत्तमा छैन नै । तर यहाँ त पहिले विभाजित दुइटा ठूला वाम दल मिलिसकेपछिको चुनावी चुनौतीको भयाबहता बुझेर, आँकेर तुरुन्त गरिहाल्न भ्याइने, सकिने कुरा पनि नेतृत्व वर्गले गरेन । जस्तो कि, तल्लो तहबाटै प्राथमिकताक्रमसहित बढीमा तीनजना चुनाव जित्ने उम्मेदवारको नाम सिफारिस गरी पठाउन अनिवार्य गर्न सकिन्थ्यो । त्यसपछि आफ्नो मान्छे वा आप्mनो गुटको भागबन्डा नभनीकन, सबै पक्षले एक भएर उम्मेदवार छनोट गर्न सकिन्थ्यो । र, छानिएका उम्मेदवारलाई जिताउन आआफ्ना पक्षका कार्यकर्तालाई पूर्ण परिचालन गर्न लाउन सकिन्थ्यो । त्यत्ति पनि गर्न नसक्ने, नचाहने अनि यतिका भइसकेपछि पनि सुध्रिन आवश्यक पर्ने पश्चाताप बोध, कल्पनाशीलता, सामथ्र्य र इच्छाशक्ति केही नहुने तिनै पात्रबाट पार्टीको पुनरुद्धार अब सम्भव छैन।

अहिले समय यस्तो आएको छ, समस्या यसरी आएका छन् कि अब सानातिना सुधारले मात्र कांग्रेसले पुनर्जीवन प्राप्त गर्ने सम्भावना नै छैन । राष्ट्र निर्माणदेखि पार्टीको पुनर्निर्माणसम्मका भगीरथ चुनौतीहरू बहन गर्ने हो भने कांग्रेस अब रूपान्तरणै नभई सुखै छैन । एकलौटी वा लामो समय टिक्ने गरी चुनाव जितेर सत्तामा आउने हो भने कांग्रेसको आमूल परिवर्तन गर्नुबाहेक अर्को कुनै सजिलो, छोटो बाटो छैन । हुन त वर्तमान नेतृत्व वर्गले वाम गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पदको लोभ देखाएर, गठबन्धन फुटाएर फेरि संयुक्त सरकारमा जाने असफल यत्न गरेको पनि सुनियो । तर सफलै भएको भए पनि जनादेश विपरितको त्यस्तो सत्तालिप्साको फल अल्पकालिक हुन्थ्यो । जसको झन् ठूलो मूल्य कांग्रेसले त्यसपछिको अर्को चुनावमा भोग्नुपर्ने थियो भन्ने बुझ्न न देउवा समर्थ छन् न शशांक कोइराला नै।

वास्तवमा चुनाव परिणाम आएपछि वर्तमान नेतृत्व वर्गले अब हामीले सकेनौँं त्यसैले सक्षम, ऊर्जावान र उमेरदार नेताहरूलाई जिम्मा लाएर आफूहरू उनीहरूकोे अभिभावक वा दबाब समूहको भूमिकामा मात्र रहनेछौँं भन्दै आफैँं नेतृत्व छाड्नुपथ्र्यो । त्यसो गरेको भए उनीहरूको इज्जत पनि हुन्थ्यो । र, त्यही नै पार्टीप्रतिको उनीहरूको सबभन्दा ठूलो योगदान र प्रायश्चित्त पनि हुन्थ्यो । तर उनीहरू त्यसो किन गर्थे र ? उनीहरूको प्राथमिकतामा त कांग्रेसलाई बलियो बनाउनेभन्दा पनि कांग्रेसभित्र आफूहरू बलियो हुने कुरा पर्छ । त्यसो किनकि अहिलेको प्रतिपक्षीकै हैसियतमा पनि भागबन्डामा प्राप्त हुने अवसर, सुविधा र केही न केही अधिकार प्राप्त भइहाल्छ । उस्तै परे संयुक्त सरकारमा जान पनि पाइन्छ, यस्तोमा पार्टीभित्र एउटा हैसियत बनाइराख्न सके भागशान्ति ती अवसर र फाइदा पनि मिलिहाल्छन् भन्ने मनोविज्ञान उनीहरूको छ । संवैधानिक जटिलताका कारण चुनावपछिको सत्ता हस्तान्तरणमा ढिलाइ भएको अवस्थामा पनि प्रधानमन्त्री देउवा र उनका सहयोगीले देखाइरहेको सत्तालिप्सा त्यसै मनोविज्ञानको प्रतिविम्ब हो।   

कांग्रेसको रोग, चिकित्सा र चिकित्सक
संगठन सुदृढीकरण गर्ने, कार्यकर्ताका कार्यशैलीमा आमूल परिवर्तन ल्याएर उनीहरूको कार्यदक्षता वृद्धि गर्ने, जनसम्पर्क र प्रचारप्रसारका संयन्त्र तथा रणनीति मजबुत बनाउने, पार्टीको वित्त व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउने कांग्रेसका प्रमुख चुनौती हुन । आफ्नो अस्तब्यस्त र ढिलाढाला संगठनलाई प्रमुख प्रतिस्पर्धी एमालेकै जस्तो चुस्त बनाउने र आफ्ना अराजक, व्यक्तिवादी र अकर्मण्य कार्यकर्तालाई एमालेकै कार्यकर्ता जस्तो अनुशासित, दलप्रति समर्पित, ऊर्जावान, दक्ष एवं प्रशिक्षित बनाउने अत्यन्त ठूलो चुनौती कांग्रससामु छ । पार्टीभित्रको आत्मघाती गुट÷उपगुटको संस्कृतिलाई सकेसम्म समाप्तै पार्नुपर्ने नसके पनि प्रतिस्पर्धीसँगको चुनावी मुकाबिलामा कुनै क्षति नपुर्याउने गरी त्यसको आन्तरिक व्यवस्थापन गर्न सक्नुपर्ने चुनौती त छँंदैछ । सूची लामा छन् र कार्यभार कठिन।

कुनै बखत देशको सामाजिक आर्थिक परिवर्तनको मूल बाहक बनेको कांग्रेस अकर्मण्य, विचारशून्य र दिशाहीन बन्दै जाँदा उसको त्यो ‘स्पेस’ वामपन्थीहरूले सहजै लिएका छन् । आक्रामक तथा प्रभावकारी सञ्चार क्षमताको अभाव भएका नेता÷कार्यकर्ताका कारण आफ्नो अगुवाइमा भएका सकारात्मक राजनीतिक परिवर्तनहरूको पनि स्वामित्व कांग्रेसले लिन सकेन । पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवालगायतका कतिपय सेवा क्षेत्रमा उसको शासनकालमा देशले हासिल गरेको उपलब्धिको पनि प्रचार गर्न सकेन । जनचाहना बुझेर आर्थिक विकास र समृद्धिलाई वाम गठबन्धनले आफ्नो प्रमुख चुनावी अजेन्डा बनाउँंदै र त्यसका लागि स्थिर सरकारको नारा दिंँदै गर्दा कांग्रेससँग न त्यसको ‘काउन्टर’ गर्न सक्ने नारा भयो न क्षमता । आफ्नै आन्तरिक कलहका कारण विगतमा राजनीतिक स्थिरता दिनमा ऊ नराम्रोसँग चुकेको जो थियो । चुनावमा टिकट दिनेदेखि कतैको राजकीय नियुक्ति दिनेसम्मका धेरै कुरामा भ्रष्टीकरण भएकोे उसले सुशासन र विकासको कुरा घोषणापत्रमा लेख्दा पनि मानिसले त्यसमा त्यति ध्यान दिएनन्।

आजको देशमा कांग्रेसको गौरवमय इतिहासको कालखण्ड नदेखेका उमेर समूहका मतदाता सबभन्दा धेरै छन् । तिनलाई कांग्रेसप्रति आकर्षित गर्ने अजेन्डा र स्वदेशभित्रै रोजगार पाइने व्यवस्था गर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम कांग्रेससँग खोइ ? विभेदमा परिएका, सीमान्तकृत र कमजोर समुदायका लागि कांग्रेसको विशेष कार्यक्रम खोइ ? चुनावी प्रक्रियामा आएपछिका कम्युनिस्ट दलहरूको विश्वव्यापीरूपमै के प्रवृत्ति हुन्छ भने उनीहरू देशको क्षमताले धान्नै नसक्ने गरी वितरणमुखी लोकरिझ्याइँका काम गर्छन् । हामीकहांँको वाम गठबन्धन, खासगरी एमालेमा यो प्रपृत्ति झनै चर्को छ । के कांग्रेसको वर्तमान नेतृत्व त्यस्ता कामलगायतका आगामी सरकारका तमाम गलत काम रोक्न लाउने, तिनको भण्डाफोर गर्ने सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्षम छ ? के उनीहरूमा नेताप्रधान कांग्रेसलाई बदलेर पद्धति, विधि, नीति र कार्यक्रमप्रधान बनाउने भिजन, क्षमता र इच्छाशक्ति छ ?

अहिलेकै कार्यसम्पादन, कार्यशैली, सोच, उमेर र ऊर्जा भएको नेतृत्व वर्गसँग यस्ता प्रश्न गर्नु, यस्ता हाँकहरूको फेहरिस्त पढ्नु के जाितका अगाडि बिन बजाउनु जस्तै हो । आज स्थिति यस्तो छ कि क्षमतावान, आशालाग्दा, अहिलेसम्म विफल भइनसकेका र सम्भावनायुक्त युवा नेताहरू नेतृत्वका लागि अग्रसर नहुने हो भने अब कांग्रेसको कुनै भविष्य छैन, कमसेकम आगामी लामो समयका लागि । एकफेर विद्रोह नै गरुंलाझैँं वक्तव्यहरू निकालेर तातेपछि केही उपलब्धिबिना नै उनीहरू पनि सेलाउने हो भने कांग्रेसका कोहीबाट पनि कसैलाई अब कुनै आशा छैन । नेतृत्व वर्गलाई हटाउने आँटको त कुरा छाडौंँ, मनाउने वा दबाब दिने आँट पनि नगरी उनीहरू पनि एउटा एउटा नेताका गुटमा फर्कने हुन् र कांग्रेस फेरि पनि यसैगरी चलिरहने हो भने भीरबाट हाम्फाल्ने अर्को के जातिलाई झैँ कांग्रेसलाई पनि राम÷राममात्र भन्न सकिन्छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad