१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौटहटमा दिन दहाडै गोली प्रहार, एक घाइते

गोली लागेर घाइते भएका शेख समिउल्ला गौर अस्पतालमा । अहिले उनलाई विरगञ्ज रेफर गरिएको छ । तस्बिर: मदन ठाकुर/नागरिक

रौतहट– रौतहटको राजपुर नगरपालिका ९ बैरियामा आज विहान अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । गोली लागि बैरियाका ३५ वर्षिय शेख समिउल्ला घाइते भएका छन् । उनको ढाडमा गोली लागेको छ । गाैर अस्पताल पुर्याइएका उनलाई अहिले थप उपचारका लागि विरगञ्ज लगिदैछ ।

आफ्नो खेतीबाली हेर्न गएका बेला बैरिया र पिप्राभगवानको बीचमा पर्ने बकैया खोलाको बगरमा  समिउल्लामाथि अज्ञात समूहले गोली हानेको हो । गोली चलेको आवाज सुनेपछि स्थानीयले गुहार लगाएका थिए र अचेत भएका समिउल्लालाई अस्पताल पुर्याएका थिए । जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी रामकुमार धानीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । 
यसैसाता बैरियामै ८ वर्षिय मुफाजुल देवानको घाँटी रेटेर हत्या भएको थियो । लगातार यस्ता घटना भइरहँदा त्रासमा रहेका स्थानीयले सुरक्षा निकायलाई अलि गंभिर भइ आपराधिक घटनाको छानविन गर्न माग गरेका छन् । 

 

प्रकाशित: १५ माघ २०७४ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App