१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुन्धारामा सिभिल मल आर्ट मेला

काठमाडौं – सुन्धारास्थित सिभिल मलमा शनिबार चित्रकला प्रदर्शनी गरिएको छ । सिभिल मल र चित्रकला संकलन एवं प्रदर्शनी क्षेत्रमा कार्यरत संस्था ‘सत्या’को संयुक्त आयोजनामा ‘सिभिल मल आर्ट मेला’ आयोजना गरिएको हो ।
प्रदर्शनीमा कलाका साथै नविनतम प्रयोगमा संलग्न संस्थाहरु ‘कारखाना’ र ‘हाउस अफ प्यालेट्स’को सहयोग थियो । चित्रकला प्रतियोगितामा सातजना बाल कलाकारसहित २१ प्रतियोगीले भाग लिएको सिभिल मलले जनाएको छ ।
प्रतियोगीले दर्शकको उपस्थितिमा २५ मिनेटभित्र आ–आफ्ना सिर्जना तयार गरेका थिए । विजयी कलाकारले नगद पुरस्कारका साथै विभिन्न उपहार प्राप्त गरेको सिभिल मलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ माघ २०७४ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App