१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘बल ओलीको कोर्टमा, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन्।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए।

माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाई छ। ‘“बल एमालेको कोर्टमा छ, एमालेभित्र पनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ। हामी सरकारसँग सहकार्य गर्न तयार छौं,’ यादवले भने।

एमालेको स्पष्ट धारणासँग आफूहरुको एजेण्डाले मेल खान्छ कि खाँदैन त्यो हेरेर सहकार्य हुने भन्दै यादवले थपे– ‘हिजोका दिनमा एमालेले संविधान संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन।’

आफूहरु अहिलेपनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुननसक्ने उनको भनाई छ।

अध्यक्ष यादवले प्रदेश नम्बर २ मा फोरमको नेतृत्वमा सरकार बन्ने दाबी गरे। उनले भने, ‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन्।’

प्रकाशित: १४ माघ २०७४ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App