१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मलेसियन शैक्षिक मेलामा घुइँचो

काठमाडौं- मलेसियन दूतावासको सहकार्यमा शुक्रबार सुरु 'नवौं मलेसियन एजुकेसन मेला २०१६' मा मलेसियामा उच्च शिक्षा पढ्न चाहने नेपाली विद्यार्थीको घुइँचो लागेको छ। नेपालका लागि मलेसियन उच्च शिक्षामा काम गर्ने एक मात्र शैक्षिक परामर्शदातृ संस्था स्टडी प्लसले आयोजना गरेको मेलामा विद्यार्थी तथा अभिभावकले मलेसियन विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग उच्च शिक्षाबारे चासो राखेका थिए।

मलेसियन कलेज तथा विश्वविद्यालयको स्टलमा नेपाली विद्यार्थीले विशेषगरी इन्जिनियरिङ, आइटी र व्यवस्थापनका विषयमा जानकारी लिएका थिए। पाँचथरका सानु चापागाईं युनिटार इन्टरनेसनल युनिभर्सिटीबाट स्नातकमा अध्ययन गर्न चाहने विषयबारे जानकारी लिइरहेका भेटिए। साथीसँगै आएका उनले बिबिएबारे विश्वविद्यालयकै प्रतिनिसँग भेटेर बु‰दा धेरै जानकारी पाएको सुनाए।

'बिबिएका लागि मलाई युनिटार नै चित्त बु‰यो,' उनले नागरिकसँग भने, 'अस्ट्रेलिया, अमेरिका र बेलायतभन्दा तीन गुणा सस्तो शुल्कमा मलेसियामा विश्वस्तरको शिक्षा हासिल गर्न पाइँदो रहेछ,' उनले थपे, 'विश्वविद्यालयभित्र अध्ययनका साथै नेपाली विद्यार्थीका लागि कामको पनि व्यवस्था गरेको मैले बुझें।'

मेलामै भेटिएका विवेक सिटौलाले छोटो समयमै मलेसियामा बिबिए पूरा हुने भएकाले त्यसतर्फ आकर्षिक भएको बताए। मलेसियाको सारावकस्थित कर्टिन युनिभर्सिटीमा अध्ययनका लागि जाने तयारीमा रहेको उनले सुनाए। उनले शुक्रबार कर्टिन विश्वविद्यालयका प्रतिनिधि निकोलकसँग विषय, कोर्ष, शुल्कलगायत सुविधाबारे जानकारी  लिएका थिए।

बागमती कलेजबाट १२ कक्षा उत्तीर्ण गरेका विवेकले एउटै छातामुनि मलेसियाका विभिन्न विश्वविद्यालय तथा कलेजबारे जानकारी पाएको बताए। 'एकै ठाउँमा १० भन्दा बढी विश्वविद्यालय तथा कलेजबारे जानकारी लिने अवसर पायौं,' उनले भने, 'मलेसिया नेपाली विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न आर्थिक र समाजिक रूपले समेत उपयुक्त स्थान रहेछ।'

एलेभल अध्ययन गरिरहेकी प्रिसिलाले समाजशास्त्र अध्ययनका लागि मलेसिया जाने तयारी गरेको सुनाइन्। सनवे विश्वविद्यालयले राम्रो छात्रवृत्ति दिने भएकाले उतै गएर पढ्न लागेको उनले बताइन्।

मेलामा आएकी अभिभावक अनिता मास्केले छोराका लागि सफ्टवेयर इन्जिनियरिङबारे बु‰न आएको बताइन्। 'मलाई सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले मलेसिया निकै राम्रो लाग्यो,' उनले नागरिकसँग भनिन्, 'शुल्कको हिसाबले पनि अमेरिका–युरोपभन्दा सस्तो छ। खाना–बस्न पनि सस्तो र छात्रवृत्ति राम्रो। त्यही भएर मैले छोरोको भर्ना केडियुमा गरिदिएँ।'

शुक्रबार मात्रै मेलामा एक हजारले अवलोकन गरेको आयोजक संस्था स्टडी प्लसका प्रबन्ध निर्देशक उमेश अधिकारीले जनाए। शनिबारसम्म सञ्चालन हुने मेलामा ३ हजारले अवलोकन गर्ने उनको दाबी छ।

मलेसियाको शिक्षा मन्त्रालयका प्रतिनिधि राजा मोहम्मद फरिजबिनले मलेसियाली शिक्षा मन्त्रालयले पर्यटामार्फत मलेसियन शिक्षालाई प्रचार गर्ने नीति लिएको बताउँदै यसले नेपाली विद्यार्थीलाई मलेसिया भिœयाउन सहज बनेको बताए। उच्च शिक्षा हासिल गर्न मलेसिया नेपाली विद्यार्थीका लागि निकै उपलब्धिमूलक हुने उनले दाबी गरे। 'मलेसिया सरकारको नीति नै मलेसियालाई विश्वकै उत्कृष्ट शैक्षिक हब बनाउने रहेको छ,' राजाले नागरिकसँगको भेटमा भने, 'त्यही भएर हामीले बढीभन्दा बढी नेपाली विद्यार्थीलाई मलेसिया भिœयाउन विभिन्न विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिसहितको सहुलियत दिएका छौं।'

काठमाडौंस्थित मलेसियन दूतावासका प्रथम सचिव (चार्ज डि अफेयर्स) एआई अहमद फादिल स्माइलले नेपाली परिवेशसँग मिल्दोजुल्दो मौसम र सुरक्षित वातावरणका कारण पनि नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएको बताए। मलेसियन सरकारले पर्यटनका साथै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि शिक्षामा पनि उत्तिकै जोड दिँदै आएको उनको भनाइ छ।  'स्कुल शिक्षा पास गरिसकेका विद्यार्थीका लागि समेत हामीले प्लसटु, ओ लेभल ए लेभल र त्यसभन्दा माथि स्नातकोत्तर र विद्यावारिधिसम्मको उच्च शिक्षा व्यवस्था गरेका छौं,' उनले नागरिकसँग भने, 'नेपाली विद्यार्थीलाई मलेसिया अध्ययनका लागि हामी धेरै विकल्प दिन्छौं।' युरोपियन र पश्चिमेली देशभन्दा तीन गुणा सस्तोमा विश्वस्तरीय डिग्री  हासिल गर्न पाउनु नै मलेसियन शिक्षाको मुख्य आकर्षण हो।'

यस वर्षको तथ्यांकअनुसार नेपालीको उत्कृष्ट शैक्षिक गन्तव्यमा परेका ३३ देशमध्ये मलेसिया उत्कृष्ट पाँचौं स्थानमा छ। हरेक वर्ष २०० नेपाली विद्यार्थी अध्ययनका लागि मलेसिया भित्रिने गरेको उनले जनाए। शिक्षाको पठनपाठनको माध्यम अंग्रेजी भाषा भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि मलेसियन शिक्षासम्म सहज पहुँच छ। पाँच वर्षयता एक हजार नेपालीले मलेसियाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरिसकेका छन्।

प्रकाशित: २९ श्रावण २०७३ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App