१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

केएल राहुल  र मनिष पाण्डेको मूल्य ११ करोड

भारत –  क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन भारतको बेङलोरमा जारी छ।
भारतका ८  वटा प्रान्तिय टोलीले सहभागिता जनाउने प्रतियोगितामा यसपल्ट नेपालका सन्दिप लामिछाने पनि अक्समा परेका छन् । सन्दिप अक्सनमा पर्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन। 

आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली यसअघिनै सार्वजनिक भइसकेको छ । ५ सय ७८ खेलाडीमध्ये नेपालका सन्दिप लामिछाने २ सय ७६ नम्बरमा छन्। सन्दिपको मुल्य २० लाख भारतीय रुपैया रहेको छ। 

जारी अक्सनमा भारतका ब्याट्सम्यान केएल राहुललाई किङ्स ११ पञ्जापले एघार करोड,मनिष पाण्डेलाई सनराइजर्स हैदराबादले समान ११ करोडमा किनेको छ। त्यस्तै रविचन्द्र आश्विनलाई पनि पञ्जाप तथा ग्लेन म्याक्सवले र गौतम गम्भिरलाई दिल्ली डेयर डेभिल्सले किनेको छ। अक्सनको स्टार स्पोर्टस वानमा प्रत्यक्ष प्रसारण भइरहेको छ।

 

प्रकाशित: १३ माघ २०७४ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App