१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेष्टर युनाइटेड ४–० विजयी

लण्डन – म्यानचेष्टर युनाइटेड एफ ए कप फुटबलमा विजयी भएको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न चौथो चरणमाको खेलमा युनाइटेडले एओभिल टाउनलाई ४–० ले पराजित गरेको हो। 

युनाइटेडको जितमा खेलको ४१ औं मिनेटमा मार्कस रासफोर्ड, ६१ औ मिनेटमा एन्डर हरेरा, ८९ औं मिनेटमा जेसी लिङ्गाड र दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेका थिए। 

सो खेलमा एलेक्सिस साञ्चेजले डेब्यु गरेका थिए। उनले गोल नगरेपनि गोलका लागि अवसर सिर्जना गरेका थिए।

 

प्रकाशित: १३ माघ २०७४ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App