१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतद्वारा एम्बुलेन्स प्रदान

काठमाडौं – भारतले आफ्नो ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल तथा संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दूतावास परिसरमा एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स तथा बस हस्तान्तरण गरेको हो ।

कार्यक्रममा भारतीय राजदूत मञ्जीव सिंह पुरीले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा काठमाडौंमा रहेका झन्डै एक हजार भारतीयको उपस्थिति थियो । केन्द्रीय विद्यालय तथा मोर्डन इन्डियन स्कुलका विद्यार्थी र भारतीय सांस्कृतिक केन्द्रले गीत प्रस्तुत गरेका थिए भने नेपाली सेनाको ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।

सन् १९९४ यता भारतले नेपालका विभिन्न अस्पताल र गैरनाफामुखी संस्थालाई गरी ६ सय ६२ वटा एम्बुलेन्स र १ सय ३० वटा बस उपलब्ध गराइसकेको छ । कार्यक्रममा दूतावासले विभिन्न ४१ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक उपलब्ध गराउन आर्थिक सहायताको घोषणा गरेको थियो ।
कार्यक्रम सकिएपछि राजदूत पुरीले दिवा भोज आयोजना गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

प्रकाशित: १३ माघ २०७४ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App