१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अख्तियार कार्यालय वरपर निषेधित क्षेत्र घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय रहेको क्षेत्रवरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

कार्यालयले शुक्रबार एक सूचना जारी गरी पूर्वमा विशालनगर र हाँडी गाउँ जाने चोक तथा गहना पोखरी, उत्तरमा गणेश मन्दिर नजिकको धारा, पश्चिममा गैह्रिधारा चोक र दक्षिणमा दूरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

निषेधित क्षेत्रको उलंघन हुने कार्य गर्ने जोकोहीलाई कानुनबमोजिम कारवाही हुने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रकाशित: २८ श्रावण २०७३ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App