१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘देउवा, ओली र दाहाललाई मुद्दा’

काठमाडौं – अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले शुक्रबार आयोजित साक्षात्कारमा अध्यक्ष सिंहले माफियाहरुसँग मिलेर शैक्षिक क्षेत्रलाई व्यपार गर्ने थलो बनाउन सहयोग गरेको भन्दै मुद्दा हाल्ने बताए। दलाल संसदीय व्यवस्थाले शिक्षा क्षेत्रको माफियाहरुलाई संरक्षण गरेको उनको भनाई छ।

‘यो देशमा दुईओटा सत्ता छन्, दुईओटा अदालत छन्, शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माके अध्यक्ष प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं,’ सिंहले भने। उनले चुनाव हुँदैमा संक्रमणकालको अन्त्य नहुने भन्दै नयाँ संक्रमणकालको सुरु भएको उनले दाबी गरे।

आफूहरु भारतले कब्जा गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्न तयार रहेको बताए। आफ्नो संगठनका सम्पूर्ण सदस्यहरु आवश्यक परे जनमुक्ति सेनामा भर्ती भएर राष्ट्रियता रक्षाको लागि बन्दुक बोक्ने उनको प्रतिबद्धता छ।

प्रकाशित: १२ माघ २०७४ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App