१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

न्यूजिल्याण्ड – भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.२ ओभरमा सबै विकेट  गुमाउँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि सर्वाधिक रन शुभम गिलले बनाएका थिए । गिलले ९४ बलमा ९ चौकाको मद्दतमा ८६ रनको योगदान गरे। त्यस्तै अभिशेक शर्माले ४९ बलमा ५०, कप्तान पृथ्वी शले ५४ बलमा ४० र एचएम देसाईले ४८ बलमा ३४ रन बनाए।

भारतलाई २ सय ६५ रनमा समेटन बंगलादेशका क्वाजी ओनीकले ३, नयीम हसन र सइफ हसनले २–२ तथा रोबिउल हक र हसन महमदले १–१ विकेट लिए।

भारतले प्रस्तुत गरेको २ सय ६६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमै समेटिएपछि भारतले फराकिलो जित निकालेको हो। 

बंगलादेशका लागि  पिनाक घोषले सर्वाघिक ४३ रन बनाए। त्यस्तै अफिफ हसनले १८, रोबिउल हकले १४, मोहमद नइम र कप्तान सइफ हसनले १२/१२ रन बनाए।  
बंगलादेशलाई सस्तैमा समेट्न भारतका कमल नगरकोटीले ३, अभिशेक शर्मा र शिभम मावीले २–२ तथा अनुकुल रोयले १ विकेट हात पारे।

अब भारतले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानले दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

 

प्रकाशित: १२ माघ २०७४ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App