व्यापार घाटा १ खर्ब ८२ अर्ब

शुक्रबार, १२ माघ २०७४, १३ : ३० नागरिक

पर्सा – देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको ६ महिनामा ३२ गुणा पुगेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आर्थिक वर्षमा व्यापार घाटा ३२ गुणा पुगेको हो। 

आव २०७४÷७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु ५ अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए। 

आयात निर्यातलाई तुलना गर्दा चालू आवको ६ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा रु १ खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको उनले बताए। नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो। 

नेपालमा उत्पादन भएका वस्तु विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेका कारण वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकका लागि हुने निर्यात घट्दै गएको छ भने नेपाली बजारको माग बढ्दै गएकाले सो नाकाबाट आयात दिनानुदिन बढ्दै गएको भन्सार प्रमुख पोखरेलले बताए। 

गत आवको तुलनामा चालू आवको पहिलो छ महिनामा रु १ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तुको निर्यातमा कमी आएको भन्सारले जनाएको छ । आव २०७३÷७४ को पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट रु ७ अर्ब ६४ करोड ८ लाखको विभिन्न वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा रु ५ अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए। 

नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा जुस, जाम, आयुर्वेदिक  औषधि, अन्य रेसाको कपडा, दन्तमञ्जन, फलामे पाइपलगायत रहेका छन् । आयात गरिने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, वाहन, खाद्यान्नलगायत रहेका छन् । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि करिब १५० प्रकारका वस्तु निर्यात हुने गरेका छन् भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका प्रयोग गरी ३ हजारभन्दा बढी प्रकारका वस्तु आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad