१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काम नगर्ने ठेकेदारबाट १९ लाख हर्जाना

सम्झौताअनुसार तोकिएको समयमा उपत्यकाका सडक विस्तार सम्पन्न नगर्ने १९ ठेकेदार कम्पनी कारबाहीमा परेका छन्। 

डिभिजन सडक कार्यालय काठमाडौं– १ ले निर्धारित समयभित्र निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीबाट हर्जाना असुल गरेको हो । आर्थिक वर्ष २०७३÷७४ मा सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीबाट १९ लाख ६९ हजार दुई सय ८८  रुपैयाँ जरिवाना असुल गरिएको हो। 

सार्वजनिक खरिद ऐन– २०६३ अनुसार ठेकेदार कम्पनीलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ऐनमा तोकिएको समयमा निर्माण सम्पन्न नभए ढिलाइ भएको दिनको गणना गरेर ०.०५ प्रतिशत हर्जना तिराउन सक्ने प्रावधान छ। 

डिभिजन सडक कार्यालय काठमाडौं– १ ले निर्धारित समयभित्र निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीबाट हर्जना असुल गरेको हो । आर्थिक वर्ष २०७३/७४ मा सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीबाट १९ लाख ६९ हजार दुई सय ८८  रुपैयाँ जरिवाना असुल गरिएको हो ।

कार्यालय प्रमुख मुकुन्दराज अधिकारी सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई म्याद गुज्रिएका आधारमा जरिवाना गरिएको बताउँछन् । कार्यालयले सुकेधारा–रारामार्ग–शक्तिमार्ग, ठूलोगाउँ–चिसेनी, बूढानीलकण्ठ र कपन क्षेत्रका सडक निर्माण समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनी गोल्मेश्वर कन्स्ट्रक्सन  प्रालिलाई तीन लाख २९ हजार सात सय १६ रुपैयाँ जरिवाना गरिएको छ।  

यसैगरी, काँडाघारी–वीरेन्द्रचोक–रायमाझीगाउँ–नवदुर्गा बस्ती सडक तोकिएको समयमा काम नगरेको भन्दै सप्तपथ निर्माण कम्पनी प्रालिलाई एक लाख ९९ हजार चार सय ७५ रुपैयाँ जरिवाना गरिएको छ । कार्यालयले मूलपानी, महांकाल र कुमारीमार्गको सडक निर्माण नगर्ने मौलिक कन्स्ट्रक्सनलाई चार लाख २० हजार तीन सय ५४ रुपैयाँ जरिवाना गरिएको छ। 

यसैगरी, महांकाल क्षेत्रमा सडक निर्माण नगर्ने डिएन कन्स्ट्रक्सनलाई ९२ हजार एक सय ८७ रुपैयाँ जरिवाना गरिएको छ । गोकर्ण क्षेत्र, नयाँपाटी, बिपीचोक, दूरसञ्चारमार्ग र गोकर्ण क्षेत्रमा सडक निर्माण जिम्मा पाएको गौरी गणेश निर्माण सेवाबाट कार्यालयले तीन लाख १३ हजार नौ सय ८८ रुपैयाँ जरिवाना असुलेको छ । टुकुचा–कालोपुल क्षेत्रको सडक तोकिएको समयमा निर्माण नगर्ने ठेकेदार कम्पनी जाल्पादेवी निर्माण सेवालाई ८६ हजार सात सय २९ रुपैयाँ जरिवाना तिराइएको छ।

यसैगरी, बूढानीलकण्ठ–चपली क्षेत्रको सडक समयमा निर्माण नगर्ने थान निर्माण सेवालाई एक लाख ३७ हजार दुई सय २८ रुपैयाँ जरिवाना गरिएको छ । सिनामंगल क्षेत्र, फूलबारी उत्तरमार्ग, लक्ष्मी टोललगायत सडक समयमा सुधार नगर्ने पिबिएसटी निर्माण सेवालाई ५८ हजार चार सय ९८ रुपैयाँ जरिवाना गरिएको छ । मनमोहन मार्ग साँखुको सडक समयमा निर्माण नगर्ने नवदुर्गा बिल्डर्सलाई ५४ हजार नौ सय ३५ रुपैयाँ जरिवाना तिराइएको छ। 

विभिन्न स्थानमा फुटपाथ निर्माण समयमै सम्पन्न नगरेकाले सूर्याेदय निर्माण सेवालाई एक लाख ४३ हजार एक सय ३३ रुपैयाँ जरिवाना गरिएको छ। 

डिभिजन प्रमुख अधिकारीका अनुसार ठेकेदार कम्पनीले म्याद गुज्रेअनुसार जरिवाना रकम तिरेकाले कालोसूचीमा नराखेको जनाएका छन् । सार्वजनिक खरिद ऐन– ०६३ मा समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का रद्द गर्न सक्ने प्रावधान छ। कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा हालसम्म ठेकेदार कम्पनीबाट हर्जाना असुल नभएको जनाएको छ।

प्रकाशित: १२ माघ २०७४ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App