१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सैन्य हस्तक्षेप अस्वीकार्य

सोल– उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर जारी तनाब समाधानका लागि हुने सैन्य हस्तक्षेप अस्वीकार्य रहेको दक्षिण कोरियाली विदेशमन्त्रीले बताएकी छिन् ।

विदेशमन्त्री बिहीबार उत्तर कोरियाली संकट समाधानका कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै अमेरिकाले प्योङयाङमाथि यदि सैन्य समाधानको उपाय रोज्यो भने आफ्नो सरकारसँग पहिले छलफल गर्नेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।

‘आणविक मुद्दालाई कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्छ । सैन्य समाधानको उपाय अस्वीकार्य छ,’ स्विजरल्यान्डको डाभोसमा आयोजना भएको वल्र्ड इकोनोमिक फोरममा भएका उपलब्धीका बारेमा आयोजना भएको न्युज ब्रिफिङका क्रममा विदेशमन्त्री काङ क्युङ–ह्वाले बताइन् । ‘अमेरिकाले यस विषयमा लिने कुनैपनि निर्णयमा हामीसँग सल्लाह गरेर मात्रै गर्छ भन्नेमा म विश्वस्त छु,’ उनले बताइन् ।

 

प्रकाशित: १२ माघ २०७४ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App