१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मन्त्री बलायरको ध्यानाकर्षण

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले बजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामग्रीमा चर्को मूल्यवृद्धिका कारण व्यवसायी मारमा परेको भन्दै सरकारको ध्यनाकर्षण गराएको छ । महासंघको प्रतिनिधिमण्डलले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरलाई भेटी समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले केही सातायता इन्धन, फलामजन्य निर्माण सामग्री, सिमेन्ट, डन्डी, गिटी, बालुवा लगायत सामग्रीमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भइरहेकाले देशभर क्रियाशील निर्माण व्यवसायी पीडित भएको जनाउँदै मन्त्री बलायरको ध्यानाकर्षण गराएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अबिलम्ब बिना शर्त फिर्ता गर्न महासंघले माग राखेको छ ।

प्रतिनिधिमण्डलले सडक विभागअन्तर्गत आह्वान भएका विभिन्न निर्माण कार्य सम्बन्धित निर्माण व्यवसायीले समयमै सम्पन्न गरेता पनि बजेट निकासा नभएका कारण निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने करिब ३० अर्ब रुपैयाँभन्दा बढी रकम हालसम्म भुक्तानी नहुँदा निर्माण व्यवसायी अत्यन्त मारमा परेको जानकारीसमेत मन्त्री बलायरलाई गराएको छ ।सोही टोलीले बिहीबारै भौतिक पूर्वाधार तथा यातायात सचिव देबेन्द्र कार्की र अर्थ मन्त्रालय बजेट महाशाखाका सह–सचिव निर्मलहरी अधिकारीलाई पनि व्यवसायीका समस्याबारे जानकारी गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

सिंगापुर प्रस्थान
यसैबीच, एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको साझा संगठन इफाप्काको ४०औं मिडटर्म बैठकमा सहभागी हुन महासंघको एक प्रतिनिधिमण्डल बुधबार राती सिंगापुर प्रस्थान गरेको छ ।
इफाप्काका द्वितीय उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष रमेश शर्मा र इफाप्काका सदस्य विरेन्द्रराज पाण्डे रहेका छन् । सम्मेलनमा निर्माण क्षेत्रमा प्रयोग भइरहेका पछिल्ला प्रविधि र निर्माण क्षेत्रको भविष्यका बारेमा सहभागीबीच छलफल हुने बताइएको छ । सम्मेलनमा ३० भन्दा बढी राष्ट्रका निर्माण व्यवसायीको सहभागिता रहनेछ ।

प्रकाशित: १२ माघ २०७४ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App