१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनता जान्न चाहन्छन्, घालमेलमा नपारौंः ओली (अपडेट)

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र पार्टी एकीकरण पृथक कुरा भएको बताउँदै प्रधानमन्त्री र पार्टी अध्यक्ष बाँडफाँडका कुरालाई घालमेलमा नपार्न आग्रह गरे ।  

‘जनता जान्न चाहन्छन् भन्ने थेगो पटक पटक उच्चारण गर्दै भने, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेश र जनताको अधिकारको कुरा हो ।

पार्टी कार्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा ओलीले एक जना पत्रकारको शैलीको नक्कल गरेर ‘जनता जान्न चाहन्छन् भन्ने थेगो पटक पटक उच्चारण गर्दै भने, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेश र जनताको अधिकारको कुरा हो । सरकार बनाउन पार्टी मिलेर बहुमत जुटाउनु पर्छ । यो प्रक्रियाको कुरा हो। सोही अनुरुप हुन्छ।’
अध्यक्ष पद बाँडफाँड बारे नहतारिन ओलीले आग्रह गरे । ‘पार्टी एकीकरण गर्छौ भन्दा आश्चर्यमा पर्ने तपाईहरु, ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ । मिलेरै पद बाँडफाँड पनि गर्छौ।’ 

 

प्रकाशित: ११ माघ २०७४ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App