१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

लण्डन – आर्सनलले काराबाओ कप फुटबलको फाइनलानलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको छ। 
बुधबार राति आर्सनलको मैदानमा सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दैे फाइनलमा प्रवेश गरेको हो।

खेलको ७ औं मिनेटमा एडिन हाजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि १२ औं मिनेटमा चेल्सीकै एन्टोनियो रुडिगरले आत्माघाति गोल गरेपछि आर्सनलले खेल बराबरीमा ल्यायो।

पहिलो हाफ बराबरीमै सकिएपनि दोस्रो हाफको १५ औं मिनेटमा जाकाले गोल गरेपछि खेलमा आर्सनलले २–१ कोे अग्रता लियो। त्यसपछि निर्धारित समयमा गोल नभएपछि आर्सनल विजयी हुदै फाइनलमा प्रवेश गर्न सफल भयो।

यी २ टोलीले पहिलो लेगमा गोल रहित बराबरी खेलेका थिए।

आर्सनलले अब फाइनलमा म्यान्चेस्टर सिटीसँग खेल्नेछ । सिटीले मंगलबार राति सम्पन्न खेलमा  ब्रिस्टोल सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

प्रकाशित: ११ माघ २०७४ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App