१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ र  संकटा भिड्दै

पोखरा – पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) एपिएफ र  संकटा क्लबबीच प्रतिष्पर्धा हुदैछ। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

यसअघि बुधबार भएको खेलमा सिक्किम युनाइटेडलाई ३–० ले पराजित गर्दै धरान फुटबल क्लबल क्वाटरफाइनलमा प्रवेश गरेको छ। धरानलाई विजयी गराउन खेलको ६१औं मिनेटमा रोमन लिम्बु ६३ औं मिनेटमा सौजन राई र ७४औं मिनेटमा धिरन लिम्बुले गोल गरे। 

सिक्किमले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै बाहिरिन पुग्यो । 
पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: ११ माघ २०७४ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App