१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टाटा मोटर्स्द्वारा टियागो तथा टिगोरको टेस्ट क्याम्प

काठमाडौं–सिप्रदी ट्रेडिङ्ग प्रालिले डाइन्यामिक ह्याच ब्याक टियागो र स्टाईल ब्याक टिगोरको माइलेज टेष्ट क्याम्प भएको छ । टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदीले उक्त क्याम्प गरेको हो ।

टेष्टका क्रममा सहभागीहरुले जावलाखेल, सुन्धारा, लैन्चौर, महाराजगंज, बुढानिलकण्ठ, बालुवाटार, नक्साल, ज्ञानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर हुँदै धुलिखेलसम्म करिब ६० किमिसम्मको थियो ।साथै उक्त प्रतिस्पर्धामा आत्मराम ढकालले टियागोमा २३.१७ किमि प्रति लिटर को सर्वाधिक माइलेज प्राप्त गरी विजयी भएको कम्पनीले जनाएको छ । यस्तै विश्वराज पंगेनी २१.८६ किमि प्रति लिटर का साथ उप–विजेता भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी सेडानको वर्गमा भरत शर्मा पौडेलले टाटा टिगोरमा सर्वाधिक २१.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गरी विजयी भएको विज्ञप्तीमा छ । विजयीहरुलाई एक वर्षसम्मको फ्रि इन्धन रहेको छ । उप–विजेतालाई नौ महिनासम्मको फ्रि इन्धन उपहार राखिएको थियो ।
 
 

प्रकाशित: ११ माघ २०७४ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App