नेताको परिवार

राधाकृष्ण मैनालीको परिवार: ‘नेताकी श्रीमती हुन साह्रै गाह्रो’

बुधबार, १० माघ २०७४, १९ : १२ अनिल यादव  | @aniljournalist

1285


वाम राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीभन्दा वरिष्ठ हुन्– राधाकृष्ण मैनाली तर अहिले उनी पार्टी राजनीतिमा कुनै महŒवपूर्ण भूमिकामा छैनन् । २०२५ सालमा झापाबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिक वृत्तमा आएका उनी २०२८ सालको झापा विद्रोहमा नेतत्ृवदायी भूमिकामा थिए । राजनीतिमा लागेपछि उनले पटक–पटक गरेर जम्माजम्मी १५ वर्ष ३ महिना जेल जीवन बिताए । उनी ०५१ सालमा पहिलोपल्ट कृषि तथा भूमिसुधार मन्त्री भएका थिए भने दोस्रोपल्ट २०५३ सालमा स्वास्थ्य मन्त्री भए । २०६१ को शाही ‘कू’ पश्चात् राजाको शासन कालमा फेरि यिनी राजालाई सघाउँदै शिक्षा मन्त्री बने । गणतन्त्रको स्थापना पश्चात् केही समय नेकपा माओवादीमा प्रवेश गरेका उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य छन् । 

२००३ साल असोज १० गते ताप्लेजुङको फूलबारी गाविसस्थित चोकपुर गाउँमा पिता धनपति मैनाली र माता चन्द्रमाया मैनालीको जेठो सन्तानका रूपमा जन्मिएका राधाकृष्णका ४ जना भाइ र दुईजना बहिनी छन् । पूर्वमा उनको परिवारलाई ठूलो जमिनदारको परिवार मानिन्थ्यो जसको १–डेढ सय बिगाहा जमिन थियो ।

लामो समय जेलजीवन बिताएका उनी अहिले काठमाडौं, सितापाइलामा रहेको आफ्नो घरमा श्रीमतीसँग बढी समय बिताइरहेका छन् । आफ्ना समकालीनहरू धेरै अगाडि पुगिसकेका बेला उनी आफू पछि परेको स्विकार्छन् । ‘म पछि परेको कुरामा कुनै द्विविधा छैन,’ नागरिक परिवारसँग कुराकानीको सुरुवातमै उनले भने, ‘नेपालको राजनीति इमानदार भएन । चलाखीले अरूलाई गिराएर आफू माथि पुग्ने प्रवृत्ति हावी भयो । म सोझो र इमानदार रै’छु । दाउपेच गर्न जानिनँ । पार्टीमा गुट बनाउन जानिनँ । गुटका लागि पैसा चाहिन्छ, पैसा संकलन गर्न जानिनँ । यसरी सोझो भएका कारण नै आफू लडेको हो भन्ने म ठान्छु ।’ उनको निष्कर्ष छ– अहिले पैसा नकमाउने नेताहरू माथि पुग्न सक्दैनन् । भन्छन्, ‘अहिले राजनीतिमा जसले पैसा कमाउन सक्दैन र गुट बनाउन सक्दैन, ऊ चिप्लिन्छ ।’

२००३ साल असोज १० गते ताप्लेजुङको फूलबारी गाविसस्थित चोकपुर गाउँमा पिता धनपति मैनाली र माता चन्द्रमाया मैनालीको जेठो सन्तानका रूपमा जन्मिएका राधाकृष्णका ४ जना भाइ र दुईजना बहिनी छन् । पूर्वमा उनको परिवारलाई ठूलो जमिनदारको परिवार मानिन्थ्यो जसको १–डेढ सय बिगाहा जमिन थियो । संयुक्त परिवारमा जन्मिएका राधाकृष्णको परिवार अहिले एकल भइसकेको छ । उनका पाँच भाइमध्ये माइला सिपी मैनाली नेकपा मालेका अध्यक्ष हुन् । साइँला चैतन्यप्रकाश समाजसेवामा छन्, काइँला डिल्लीराम शिक्षासेवी र कान्छा मीनप्रकाश व्यवसायी हुन् । दुई बहिनीहरू गंगादेवी र भागिरथाले आ–आफ्नो घरगृहस्थी बसाइसकेका छन् । 

श्रीमान् जेल जानुपर्यो, देवरलाई पनि लग्यो । घर लथालिङ्ग भयो । भएका हली पनि लग्यो, कुट्यो । टिनका घरमा रातभरि कसले हो ढुंगा हान्थ्यो । बच्चाहरू सानै थिए । एकदमै गाह्रो भएको थियो मलाई ।’ 

कलिलैमा बिहे 
राधाकृष्णले आफू १३ वर्षको हुँदा ११ वर्षकी राधिकासँग ताप्लेजुङमै मागी बिहे गरे । उनका एक छोरा र दुई छोरी छन् । छोरा दिनेश मैनाली पेसाले मेडिकल डाक्टर हुन् र हाल बुहारीसहित अमेरिकामा छन् । छोरीहरू दुवैको बिहे भइसकेको छ, उनीहरू आ–आफ्नो घरगृहस्थीमा व्यस्त छन् । हाल श्रीमती र केही सहयोगीसहित राधाकृष्ण आफ्नो बुढेसकालको जीवन सितापाइलाको घरमा कटाइरहेका छन् । ‘जतिबेला बिहे गरियो त्यतिबेला लभसभ भन्ने थाहा थिएन, बिहेपछि राजनीतिमा लागेर कहिले जेल, कहिले भूमिगत भएर घरमा समय दिन पाइएन । अब ६० कटेसी श्रीमतीसँग रमाइँदैछ,’ चम्किलो मुहार पार्दै राधाकृष्णले भने । 

‘राजनीतिले परिवार निरस बनाउँछ’
भनिन्छ, बाहिरबाट खुसी देखिए पनि राजनीतिज्ञको परिवार भित्र चाहिँ निरस हुन्छ, यसमा सहमत देखिए मैनाली । ‘लामो समय जेल बसियो । भूमिगत राजनीति पनि गरियो । घर त कहिलेकाहीँ मात्र पुगिन्थ्यो,’ राधाकृष्णले सम्झिए, ‘गुपचुपको राजनीति भएकाले म कहाँ जान्छु, के गर्छु, के खान्छु, घरमा केही अत्तोपत्तो हुँदैनथ्यो । त्यो हिसाबले परिवारमा एक किसिमको निरस नै थियो । बाआमा, श्रीमती, छोराछोरीसँग सर–सल्लाह हुने कुरा विरलै आउँथ्यो ।’ जेल जीवनको क्रममा उनी झण्डै दर्जनजति ठाउँका जेलमा बसे । 

राधिकाको अनुभवमा नेताको श्रीमती हुनु एकदमै गाह्रो कुरा हो । ‘सुरुदेखिको कुरा गर्नुपर्दा त निकै गाह्रो भयो,’ राधाकृष्णकै अगाडि राधिकाले भनिन्, ‘अहिले त ठीकै छ । त्यतिबेला त यो पार्टी भनेको पनि के हो, के हो भन्ने लाग्थ्यो । एउटा लेख्ने पाटी त याद थियो, त्यत्ति हो । पछि बुझ्दा जाँदा श्रीमान् जेल जानुपर्यो, देवरलाई पनि लग्यो । घर लथालिङ्ग भयो । भएका हली पनि लग्यो, कुट्यो । टिनका घरमा रातभरि कसले हो ढुंगा हान्थ्यो । बच्चाहरू सानै थिए । एकदमै गाह्रो भएको थियो मलाई ।’ 

०३० सालमा समातिएका उनलाई ०३६ सालसम्म त जेलमा भेट्न पनि निकै गाह्रो थियो, परैबाट भेट्नुपथ्र्यो । ‘३६ सालदेखि मात्र अलि हलुको भाको हो,’ उनले भनिन् । जेल नहुँदा समय कत्तिको दिनुहुन्थ्यो ? प्रश्न भुइँमा झर्न नपाउँदै उनी हाँसिन् र भनिन्, ‘समय त छोड्दिनुस्, जेल बसिञ्जेल परैबाट हेर्यो गयो, नहुँदा पनि कहिलेकाहीँ मात्र घर आउनुहुन्थ्यो ।’ 

केपी ओलीलाई मैले तिहारमा टीका लाइदिन्थेँ तर अहिले सबैले उहाँलाई लात हाने । त्यसैले मलाई अहिले यो पार्टी भनेको केही रहेनछ भन्ने लाग्छ । छोरो मारेर बाउ जाने, बाउ मारेर छोरो जाने । यहाँ कोही आफ्नो नहुने रहेछ ।’

यतिसम्म कि राधाकृष्णसँग उनका सन्तानले समयबारे दुःखमनाउसम्म गर्न पाएनन् । ‘म जेल पर्दा छोरो ६ वर्षको थियो । ठूली छोरी ४ वर्षकी र अर्की तीन वर्षकी,’ उनले सुनाए, ‘जेलबाट निस्कदा छोरो पढ्न रुस गा’को थियो पढ्न । छोरीहरू हुर्किसकेका थिए । अनि दुःखमनाउ कसरी गर्ने ? तर मलाई भने समय दिन नसकेकोमा एकदमै दुःख लाग्थ्यो ।’

श्रीमती राधिकालाई श्रीमानको हालको अवस्था देख्दा राजनीतिमा लाग्नु बेकार रहेछ भने लाग्छ । ‘अहिलेका एमालेका ठूल्ठूला नेताहरू धेरैलाई मैले भात पकाएर खुवाएको छु, जेलनेल हुँदा विरामी हुँदा धेरै सपोर्ट गरियो, उहाँले धेरै गुण लाउनुभयो,’ श्रीमानतर्फ इंगित गर्दै उनले गुनासो पोखिन्, ‘तर उहाँ राजनीति गरेर यहाँ पुग्नुभयो, अरु त्यहाँ पुगे । केपी ओलीलाई मैले तिहारमा टीका लाइदिन्थेँ तर अहिले सबैले उहाँलाई लात हाने । त्यसैले मलाई अहिले यो पार्टी भनेको केही रहेनछ भन्ने लाग्छ । छोरो मारेर बाउ जाने, बाउ मारेर छोरो जाने । यहाँ कोही आफ्नो नहुने रहेछ ।’

राधाकृष्णका कोही पनि सन्तान राजनीतिप्रति आकर्षित भएनन् । आफ्नो कष्टकर जीवन देखेरै छोराछोरी राजनीतिप्रति आकर्षित नभएको उनको ठम्याई थियो । ‘बाउको दुःख देखेर होला सन्तानमा राजनीतिप्रति आकर्षणभन्दा पनि वितृष्ण बढी जाग्यो,’ उनी सुनाउँछन्, ‘बहुदल लागेपछि मात्र हो राजनीतिप्रति मान्छेको आकर्षण जागेको किनभने यसले आर्थिक उपदेहिता पनि हुन्छ भन्ने भयो । हाम्रो बेलामा त घरकै श्री–सम्पत्ती सक्नेमात्र हो । हाम्रै ५० बिगाहजति जमिन थियो । पछि भागबन्डा गर्ने बेला ३०–३५ बिगाहामात्रै भयो । बेच्दैखाँदै गर्दा सकियो । त्यसैले राजनीतिप्रति मेरा सन्तानको मोह जागेन होला तर अहिले त राजनीतिमै लागेर एउटामात्र होइन दर्जनौँ घर बनाउने स्थिति आइसक्यो । जसकारण थुप्रै नेताका सन्तानमा राजनीतिमा लागेका छन् ।’

फेरि सांसद हुनकै लागि मैले किन १–२ करोड रुपैयाँ खर्च गर्ने ? त्यति पैसाले त मेरो जिन्दगी यसै चलिहाल्छ नि, होइन र ?’ उनले यत्ति भन्नासाथ छेउमै बसेकी श्रीमती राधिकाले थपिदिइन्, ‘हो त अनि, अब बुढेसकालमा बूढाबूढी घरमै बसेर रेस्ट गर्न छाडेर किन अनेक लोभ गर्नु ?’

‘धन्न छोराले पालिरा’छ’
राजनीतिमा लागेर आफ्नो श्रीसम्पत्ती सकिएको बताउने मैनाली धन्न छोराको कमाईका कारण गुजारा चलाउन सहज भएको बताउँछन् । ०४३ सालमा जेलबाट छुट्नासाथ उनले नेता विष्णुबहादुर मानन्धरलाई भेटेर आफ्नो सन्तानको मेडिसिन पढ्ने इच्छा सुनाएका थिए र पढ्नका लागि रुस पठाइदिन अनुरोध गरेका थिए । त्यसरी अनुरोध गरेको केही दिनमै उनी फेरि प्रहरीबाट गिरफ्तार भए । उता मानन्धरको सहयोगमा छोरा रुस पढ्न गए र एमबिबिएस गरे । ‘सोभियत संघले फ्रि पढाइदिएको भएर अहिले हामीलाई बुढ्यौलीमा सजिलो भएको छ,’ उनी भन्छन्, ‘अरु नेताको के छ भन्न सकिँदैन तर हाम्रो त छोराको कमाई नहुने हो भने यो भएको घरसर बेचेर कटेजमा बसेर खानुको उपाय छैन । झापामा अलिअलि भा’को जग्गा बेचेर यता घर बनाइयो, अब यही बेचेपछि त गाह्रो भइहाल्थ्यो । जे होस्, छोरोले विदेशबाट अलिअलि खर्च पठाइदिन्छ र बाहिरबाट हेर्दा सानसँग बसेकोजस्तो देखिन्छ ।’ मैनालीले ०४८ सालमा जग्गा किनेर ०५० सालमा सितापाइलाको घर बनाएका रहेछन् । 

‘बदनामको अर्को नाम: मन्त्री’
मैनाली तीनपल्ट मन्त्री भइसकेका छन् । मन्त्री भएर पनि आफूलाई कुनै फट्याइँ नगरेको उनी दाबी गर्छन् तर देशमा मन्त्रीप्रति बनेको आम धारणाले उनलाई सधैँ पोल्दोरहेछ । ‘मन्त्री भइसकेपछि जत्रो घर, घरभरी पैसा हुन्छ भन्ने आम बुझाई छ,’ उनले भने, ‘मैले केही गरिनँ भन्दा मुखले नभने पनि मान्छेले भित्री मनबाट सजिलै पत्याउँदैन । यहाँ आम मन्त्रीको क्यारेक्टर नै बिग्रियो क्या ! मन्त्री भनेको पैसा कमाउने स्रोत हो भन्ने बुझाइ भइदियो । सयमा सय सबैले त्यस्तो गरे भन्दा म मान्दिनँ तर केही मान्छे छन्, जसले सोचेभन्दा बढी बदमासी गरे जसकारण मन्त्री बदनामीको अर्को नाम भइदियो ।’

पैसा खर्च नगरी चुनाव नजितिने अवस्था सिर्जना भएकाले आफू यसपटकको चुनावमा नउठेको उनी बताइरहेका थिए । ‘भूपू मन्त्री भनेपछि पैसा बिछ्याएरै चुनाव जित्नुपर्छ,’ उनी भन्दै थिए, ‘सांसद हुनु भनेको जागिर खान जाने मात्र कुरा हो । यो उमेरमा पुगेपछि म अब जागिरे मानसिकताबाट मात्र सांसद बन्ने पक्षमा भइनँ । फेरि सांसद हुनकै लागि मैले किन १–२ करोड रुपैयाँ खर्च गर्ने ? त्यति पैसाले त मेरो जिन्दगी यसै चलिहाल्छ नि, होइन र ?’ उनले यत्ति भन्नासाथ छेउमै बसेकी श्रीमती राधिकाले थपिदिइन्, ‘हो त अनि, अब बुढेसकालमा बूढाबूढी घरमै बसेर रेस्ट गर्न छाडेर किन अनेक लोभ गर्नु ?’

परिवारभित्र संवाद
परिवारलाई बलियो बनाउन घरभित्र संवाद अनिवार्य हुन्छ तर नेताको घरमा बढी के विषयमा संवाद हुँदो हो ? ‘बढी राजनीतिक विषयमै हुन्छ,’ श्रीमतीतर्फ नजर लाउँदै उनले भने, ‘यिनले राजनीतिको सामान्य तहमात्र बुझ्ने हो । आफूले चिनेका÷भेटेका नेताका खबर, प्रगति र दुगर्तिबारे थाहा पाएपछि छलफल हुने हो ।’ उनले कुरो टुंगो नलगाउँदै राधिका मुस्कुराउँदै बोलिन्, ‘मलाई धेरै जानकारी लिनु पनि छैन ।’

भाइ सिपीको पार्टीमा म जान नसक्ने, ऊ मैले भनेको बुझ्न नसक्ने अवस्था छ ।’

मैनालीका दुई छोरीहरूले राजनीतिप्रति त्यति रुचि नराखे पनि अमेरिकामा रहेका छोराले भने राजनीतिक घटनाक्रमबारे जानकारी लिने गरेको बताए । ‘छोरा मेडिकल डाक्टर हो तर उसको राजनीति प्रतिको चासो देख्दा देशको स्थिति सुध्रिने हो भने राजनीति गर्न रुचाउला जस्तो लाग्छ,’ उनले भने, ‘तर यहाँ राजनीतिक दलहरूमा देखिएको मारामारले गर्दा उसलाई बोलाउने कुरा पनि भएन । यहाँको जुन गन्दगी र दाउपेचको राजनीति त्यहाँ उसलाई टिक्न सजिलो हुने कुरा पनि भएन ।’

राधाकृष्ण र उनका भाइ सिपी मैनालीले सँगसँगै वाम राजनीति सुरु गरे तर पछिल्लो समय दुवै अलग–अलग पार्टीमा छन् । उनीहरूबीच कस्तो विषयमा बढी गफगाफ हुन्छ होला ? राधाकृष्ण भन्छन्, ‘हामी भाइभाइका बीचमा त्यति राजनीतिक गफ हुँदैन । सबै भाइहरूले आ–आफ्ना ढंगले राजनीतिलाई बुझेका छन् । एकैपल्ट पाँचजना भाइ जम्मा भएर छलफल त त्यति हुन पाउँदैन तर सिपीसँग भने कहिलेकाहीँ भेट भइरहन्छ । देशको अवस्थामा सामान्य छलफल मात्र हुन्छ । उसको पार्टीमा म जान नसक्ने, ऊ मैले भनेको बुझ्न नसक्ने अवस्था छ ।’

बुढेसकालमा घुमघाम
तन्नेरी बेला राजनीतिक सक्रियता र जेल जीवनका कारण श्रीमतीलाई समय दिन नपाएका राधाकृष्ण त्यतिबेलाको ब्याज अहिले तिरिरहेका छन् । भर्खरै उनी श्रीमतीसँग अमेरिका घुमेर आए । ‘लामो समय बूढालाई पर्खेर बसेँ, छोराछोरी, सासुससुरा, देवरका बच्चाबच्चीको हेरचाह गरेँ,’ राधिकाले भनिन्, ‘उमेरमा घुमिएन अब बुढेसकालमा घुम्दैछौँ । अहिले त मस्ती छ हामी बूढाबूढीको ।’

राजनीतिले के दियो ?
राधाकृष्णलाई राजनीतिले के दियो ? ‘केही दिएन म भन्दिनँ किनभने म सामान्य किसानको छोरोलाई देशकै राजनीतिक नितिनिर्माण तहमा पु¥याएकै हो, तैपनि जे गर्नुपथ्र्यो त्यो गर्न सकिएन,’ उनी भन्छन्, ‘प्रधानमन्त्री भएर गर्न नसकेको भए एउटा कुरा हुन्थ्यो । भूमिका पाइएन त्यसैले गर्न सकिएन । नेताहरूको बीचमा जुन विकृति आयो त्यो मैले मेरो ठाउँमा रहेर रोक्न सकिनँ, स्थिति नै बनेन । यो विकृति रोक्न कि एकजना मान्छे जंगबहादुर भएर जन्मिनुप¥यो नत्र सामान्य आरके मैनाली भएर केही गर्न सकिएन । यसमा मलाई दुःख छ तर पछुतो छैन ।’ 

 ‘वैचारिक वाम एकता भए त राम्रै हो तर छनक त्यस्तो देखिएको छैन,’  उनले जवाफ दिए, ‘भागबन्डामै सीमित हुने जस्तो छ । भागबन्डामै सरकार बन्यो भने त्यसले केही प्रगति गर्दैन ।’ 

प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा पुगेर पनि केही काम गर्न नसेकेको आफूलाई आत्मग्लानि हुने उनको भनाइ थियो । ‘त्यतिबेला सायद म झुन्डिएर मरेको भए हुन्थ्यो,’ उनी भावुक अवस्थामा सुनिए, ‘हिजो ज–जसले प्रधानमन्त्री भएर केही गर्न सकेनन्, आज उनीहरू फेरि त्यही पदको लोभमा दौडिइरहेका छन् । उनीहरूलाई कुनै हिनताबोध छैन । यो दुःखलाग्दो कुरा हो । एकचोटी फेल भएर निस्केपछि नयाँलाई चान्स दिनुपर्दैन ?’ 

कुरा मीठा, काम कम
उनी आफैँ नेता हुन् तर अहिले नेतालाई एकदमै धेरै गाली गर्छन् उनी । परिवारबारे गफिन पुगेका संवाददातासँग उनले राजनीतिक गफगाफ मिसाएरै छाडे । आलोचना नगरी रहनै सकेनन् । ‘यहाँ कोही भाषण मीठा गर्छन्, कविले कविता सुनाएजसरी बोल्दा देशको विकास हुन्छ र भन्या ?’ नेताहरूको कुरा मीठा, काम कम भएको उनको टिप्पणी थियो । उमेरले ७१ पुगेका उनलाई अझै १०–१२ बाँच्न मन छ रे ! भन्दै थिए, ‘म यहाँ नेताका कथा हेरिरा’को छु । १०–२० वर्ष अरु बाँच्न पाए यी सबैका घाँटी कसरी घटेका र बढेका छन् भन्ने थाहा पाइन्थ्यो । जे होस्, म अहिले जुन ठाउँमा छु त्यसमा खुसी नै छु । कमसेकम उनीहरू (माथि पुगेका नेता)ले जति गाली खान्छन्, त्यति त मैले खादिनँ ।’

वाम गठबन्धन ठीक या बेठीक ?
एमाले र माओवादी वाम गठबन्धनबारे तपाईंको धारणा के छ त ? जाँदाजाँदै परिवारकर्मीले उनीसँग प्रश्न तेर्स्याए। ‘वैचारिक वाम एकता भए त राम्रै हो तर छनक त्यस्तो देखिएको छैन,’  उनले जवाफ दिए, ‘भागबन्डामै सीमित हुने जस्तो छ । भागबन्डामै सरकार बन्यो भने त्यसले केही प्रगति गर्दैन ।’ 







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...