१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिपीएल क्रिकेटका रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ (रासस)- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ।

धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो।

धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए।  

जसमा पहिलोपटक डिपीएल खेल्न लागेको महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यसैगरी चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौँका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।

उक्त प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख पाउनेछ। त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु तीन लाख र चौथो हुनेले रु दुई लाख प्राप्त गर्नेछन्।

प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले रु १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन्।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकाससँगै क्रिकेट खेलको विकासमा सघाउ पुग्ने विचार व्यक्त गरे।

 

प्रकाशित: १० माघ २०७४ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App