१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमपात सँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर

मनाङमा परेको हिउँ। तस्बिर सौजन्य: हरिप्रसाद पन्त।

लमजुङ- हिमाली जिल्ला मनाङमा गएरातीदेखि हिमपात भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। मंगलबार दिउँसो देखि साँढे ११ बजेदेखि नै तिब्र बेगमा चिसो हावा वहन थालेपछि स्थानीय जनजीवन असहज हुँदै आएकोमा रातीदेखि हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको हो।

बिहान सदरमुकाम चामेमा झण्डै एकफिट र त्यसभन्दा माथिल्लो भेगमा अझै बाक्लो हिउँ जमेको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। राती ३ बजेदेखि हिमपात भएकोमा विहान ११ बजेदेखि मौसम खुलेर घाम लागेपछि आधाफिट हिउँ पग्लिएको र वरीपरीका डाँडाहरुमा वादल लागेकोले मौसममा सुधार आउनेमा किटान गर्न नसकिने उनको भनाई छ। हिमपातका कारण पर्यटकहरु हराएको भन्ने हल्ला चलाईएको तर त्यो सत्य नभएको प्रजिअ पन्तले बताए। हिमपातका कारण निकै चिसो भएकाले बाहिर स्थानीय तथा पदयात्रीहरुको चहलपहल न्युन रहेको चामे गाउँपालिकाका अधिकृत युवराज अधिकारीले बताए। हिमपातकै कारण कार्यालयहरुमा सेवाग्राहीको चाप नरहेको पनि बताईएको छ। हिमपात र अत्याधिक चिसोका कारण लमजुङ–मनाङ सडकमा चल्ने सवारी साधन चल्न सकेका छैनन्। हिउँले सडक चिप्लो हुने भएकाले जोखिम मोलेर गाडी नचलाईएको सवारी चालक नारयण भण्डारी बताउँछन्। जिल्लाको माथिल्लो क्षेत्र भ्रताङ, पिसाङ, स्वर्गद्वारी, मनाङ, भ्राका, टंकीमनाङ लगायत गाउँहरु हिउँले पुरै ढाकिएको बताईएको छ । यसअघि मौसम ज्यादै चिसो भएर पानी समेत जमेको मनाङमा ठूलो हिमपात भने अहिले भएको चामेका व्यवसायी खड्ग परियार बताउँछन् । हिमपात सँगै चलेको चिसो हावाका कारण दैनिक कामकाजमा समस्या आएको उनको भनाई छ।

चिसो बढेकाले मनाङको छिमेकी जिल्ला लमजुङका उच्च पहाडी वस्तीहरुमा पनि जनजीवन कष्टकर बनेको छ । पहाडको माथिल्लो भेगमा तुषारो जमेको छ भने चिसो हावा वहेकाले स्थानीय बासिन्दाले नियमित कामधन्दा गर्न असहज भएको हो।  

 

 

 

प्रकाशित: १० माघ २०७४ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App