१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उसुमा आर्मीलाई पन्ध्र स्वर्ण

काठमाडौं – नेपाल आर्मी सोमबार १५ स्वर्णसहित ३ रजत र ७ कास्य जित्दै राखेप च्याम्पियनसिपको १३ औं राष्ट्रिय उसु प्रतियोगितामा पहिलो भएको छ। 

इटहरीमा भएको प्रतियोगितामा एपीएफ ८ स्वर्ण, ३ रजत र १ कांस्यसाथ दोश्रो भयो । तेश्रो भएको नेपाल प्रहरीले १ स्वर्ण, ४ रजत र २ कांस्य हात पा¥यो । सान्सौं र थाउलोमा गरी २५ स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण मध्यमाञ्चलले प्राप्त ग¥यो । मध्यमाञ्चलले थप २ रजत र ९ कास्य पनि जित्यो।

अन्तिम दिन थाउलोको महिला नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी आर्मीकी निमा घर्ती मगरले स्वर्ण जितिन् । पूर्वाञ्चलकी अनु राई  दोश्रो तथा मध्यपश्चिमाञ्चलकी सरु सोती तेश्रो भए । सोही स्पर्धाको पुरुषमा एपिएफका युवाराज तामाङले स्वर्ण, मध्यपश्चिमाञ्चलका दीपक हमालले रजत र आर्मीका विशाल थापा सिन्जालीले कास्य जिते।

पुरुष छान छ्वानमा आर्मीका विजय सिन्जाली पहिलो भए । उनले ८.७० अंक बटुले । दोश्रो भएका एपीएफका कुमार सिन्जाली मगरले ८.६० तथा तेश्रो भएका मध्यमाञ्चलका सञ्जयराज पुटुवारले ७.७५ अंक बनाए । उक्त स्पर्धाको महिलामा आर्मीकी सुस्मिता तामाङ (८.५५ अंक), मध्यमाञ्चलकी जुनु स्याङबो लामा (६.८० अंक) र सुदूरपश्चिमाञ्चलकी एलिशा खाती (६.५५ अंक) क्रमशः शीर्ष तीन स्थानमा रहे।

पुरुष कुन्सु ताउ सुमा आर्मीका विश्व बुढा मगर पहिलो, मध्यपश्चिमाञ्चलका राजिव तामाङ दोश्रो र मध्यमाञ्चलका राजु लामा तेश्रो भए । महिला चेन सु छियाङ सुमा आर्मीकी ओशिन राई पहिलो भइन् । एपीएफकी कविता थापा मगर दोश्रो र पूर्वाञ्चलकी मनीषा ठटाल तेश्रो बने।

 

प्रकाशित: ९ माघ २०७४ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App