१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

पोखरा-दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए। पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ।

अडिसनमा सहभागी जनाउनेहरुमध्ये पोखराबाट कुल २० जना प्रतिस्पर्धीहरुलाई कन्टेस्टका लागि फाइनल गरिने आयोजक कम्पनीका रबिन केसीले जानकारी दिए । पोखरामा भएको पहिलो चरणको अडिसनबाट छनौट हुने प्रतिस्पर्धीहरुको नाम भने एक साता पछि सार्वजनिक गरिने आयोजकले बताएको छ।

आगामी साता बुटवलमा हुने अडिसनमा पोखरामा छनौट भएकाहरुको नामावली सार्वजनिक गरिने कम्पनीका निर्देशक सृष्टि आचार्यले बताईन्। त्यस लगत्तै काठमाण्डौमा पनि यो कन्टेस्टका लागि अडिसन आह्वान गर्ने तयारी आयोजक एपी इन्टरटेनमेन्टले गरेको जनाएको छ । अडिसन लगत्तै आयोजकले प्रतिस्पर्धीहरुका लागि बन्द प्रशिक्षण दिने तयारी छ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमा हामीले अगाडि सारेका छौँ ।’

प्रकाशित: ८ माघ २०७४ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App