१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मनाङ र झापा भिड्दै

सुनसरी – सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र झापा ११ भिड्दैछन।

खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ।

अघिल्लो हप्ता धनगढीमा सम्पन्न खप्तड गोल्डकपमा सहभागिता जनाएको मनाङ सेमिफाइनलमा त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने झापा थ्रि स्टार क्लवसँग स्तब्ध बनेको थियो।  

मनाङ र झापाको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । मनाङ विराज महर्जन, अनिल गुरुङ, विशाल राई, सुजल श्रेष्ठ लगायतलाई लिएर मैदान उत्रदा झापा पनि कर्ण लिम्बु, बिशाल राई ‘ए’,दिलेन लोक्ताम, योगेश गुरुङ लगायतलाई लिएर मनाङलाई दबाब दिने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ।

यसअघि हिजो भएको उद्घाटन खेलमा मार्टिनको २ गोल मद्दतमा थ्री स्टार क्लबले एपिएफलाई २–१ ले पन्छाउँदै विजयी सुरुआत गरेको थियो ।  खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका मार्टिनले नै ४७ औं मिनेटमा अर्काे गोल थप्दै आफ्नो टोलीलाई मजबुत बनाएका थिए ।  थ्री स्टारका पिटरले खेलको ६७औं मिनेटमा आत्मघाती गोल गरे पनि त्यो एपिएफका लागि सान्त्वना मात्र हुन पुग्यो।

माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पुरस्कार प्राप्त गर्नेछन्।

 

 

प्रकाशित: ७ माघ २०७४ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App