१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबलमा प्रहरी च्याम्पियन

काठमाडौं – नेपाल प्रहरीले आर्मीलाई टाइब्रेकरमा ५–४ गोलले परजित गर्दै शनिबार राखेप च्याम्पियनसिपअन्तर्गत २८औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

दाङको घोराहीमा भएको फाइनलको निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

प्रहरीका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र निरकुमार राईले गोल गरे । आर्मीका जर्ज प्रिन्स कार्की, हिरण्य मगर, विवेक बस्नेत र रूपेश केसीले गोल गरे । राजीव गुरुङ भने चुके ।

एपिएफ र सुदूरपश्चिमाञ्चलबीच तेस्रो स्थानका लागि भएको खेलमा एपिएफ टाइब्रेकरमा ४–३ ले विजयी भयो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । सुदूरपश्चिमाञ्चलका मणिराम चौधरीले ३३ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए ।

५५औं मिनेटमा एपिएफका महेश लामाले गोल गर्दै खेललाई १–१ को स्थितिमा पु¥याए । फेरि मणिरामले ६३औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमाञ्चललाई २–१ को अग्रता दिलाए पनि ९०औं मिनेटमा एपीएफका आशिष लामाले गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धलेलिएको थियो ।

पेनाल्टीमा एपिएफका आशिष लामा, सन्तोष कटुवाल, मानबहादुर राणा र सुमित आलेले गोल गरे भने दीपक खड्का चुके । सुदूर पश्चिमाञ्चलका प्रकाश हमाल, सुनील धामी र राजन ठगुन्नाको प्रहारले सही दिशा लियो । कृष्ण कठायत र निर्धारित समयमा २ गोल गरेका मणिराम चुके ।
 

प्रकाशित: ७ माघ २०७४ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App