४ वैशाख २०८१ मंगलबार
खेल

आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने

तस्बिर : द सिड्नी मर्निङ हेराल्ड

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको ५७८ जनाको सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्।

अक्सन सूचीमा परेका खेलाडीको लिलामी जनवरी २७ र २८ गते बेंगालुरुमा हुने आईपीएलका अध्यक्ष राजीव शुक्लाले जानकारी दिएका छन्। यदि कुनै टिमले सन्दिपलाई खरिद गरे उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १२ सम्म चलेको आईपीएलको अक्सनका लागि प्लेयर रजिस्ट्रेसनमा १ हजार १२२ खेलाडीले नाम दर्ता गराएका थिए। जसमा २८१ जना विभिन्न देशबाट खेलिसकेका राष्ट्रिय खेलाडीहरु, ८३८ जना अनक्याप्ड खेलाडी तथा तीन जना एसोसियट राष्ट्रका खेलाडीहरु छन्।

यस वर्षको आईपीएल हुने सम्भावित मिति २ अप्रिलदेखि २५ मे रहेको छ।

प्रकाशित: ६ माघ २०७४ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App