१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख कार्यालयमा सहसचिवको नेतृत्व (नाम सहित)

काठमाडौ- प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले  सात वटै  प्रदेशमा प्रदेश प्रमुख कार्यलयमा सचिव पठाएको छ।

 प्रदेश प्रमुखको कार्यलयमा खटाइएका कर्मचारी  नेपाल सरकारका सह-सचिव सरहका कर्मचारी रहेका छन्। समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा रामकृष्ण गुरागाईं, दुइ नम्वर प्रदेशमा लाबन्य कुमार खनाल, तीन नम्वर प्रदेशमा चतर्भुज ज्ञवाली, चार नम्वर प्रदेशमा देवीप्रसाद ज्ञवाली, पाँच नम्वर प्रदेशमा सनदकुमार दवाडी, ६ नम्वर प्रदेशमा भरतबहादुर ढुगाँना, र ७ नम्वर प्रदेशमा युवराज सुवेदी रहेका छन्। समान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले   आइतवार विहानसम्म सबै प्रदेशमा मन्त्रालयबाट खटाइका कर्मचारी  पुग्ने बताए। समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट ती कर्मचारीबाट खटाइएको पनि उनले जनाए। ‘प्रदेश प्रमुख कार्यलयमा सचिवमा खटाइएका कर्मचारी भोली (आइतवार) विहान सम्म सबै प्रदेशमा पुगिसक्नु हुने छ,’उनले भने।

समान्यले एउटा प्रदेशमा १३ कर्मचारीको दरले ७ वटा प्रदेशमा ९१ कर्मचारी  खटाएको छ। मन्त्रालयका प्रवक्ता न्यौपानले मन्त्रिपरिषदले स्विकृति दिने वित्तिकै प्रदेश मुख्यमन्त्री तथा प्रदेश  मन्त्रिपरिषद कार्यलयमा पनि सचिव खटाउने तयारी भएको बताए।   

प्रधानमन्त्री कार्यालयका अनुसार एउटा प्रदेश प्रमुखका लागि कार्यालयमा १३ र निजी सचिवालयका लागि १२ कर्मचारी खटिनेछन्। सरकारका सहसचिवसरहका कर्मचारी प्रदेश प्रमुखको कार्यालयमा सचिव हुनेछन्। यसैगरी प्रदेश प्रमुखको कार्यालयमा एक उपसचिव, शाखा अधिकृत, सवारीचालक र कार्यालय सहयोगी रहनेछन् । निजीतर्फ स्वकीय सचिव, सहस्वकीय सचिव, सवारीचालक, कार्यालय सचिवसम्म कर्मचारी रहनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा तथा प्रदेश मुख्यमन्त्रीको कार्यालयका लागि अस्थायी व्यवस्थापन गर्न करिब ३ हजार कर्मचारीको विवरण राखेको जनाएको छ । प्रवक्ता शिवराम न्यौपानेले भने, ‘सात प्रदेशमा अस्थायी प्रशासनिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालयले ३ हजार कर्मचारीको विवरण संकलन गरेको छ।’

प्रकाशित: ६ माघ २०७४ १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App