१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाङको बन्द खुल्यो

दाङ- पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ। शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो। तर आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने वैठकले निर्णय गरेको छ। माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन र उक्त निर्वाचनका लागि निर्वाचन आयोगले बन्द कार्यक्रम नगर्न आग्रह गरेकाले बन्दको कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ। 

अबको आन्दोलन अन्तर्गत कालो झण्डा प्रदर्शन, डेलिगेशन, विरोधसभा, ज्ञापन पत्र बुझाउने, धर्ना कार्यक्रम, रिले अनशन एबं कानुनी उपचारका लागि सर्वोच्च अदालतसम्म जाने सम्मका आन्दोलनका कार्यक्रम तय गरिएको छ। जसअन्तर्गत आईतवार सम्पूर्ण जिल्लाबासीहरुले आआफ्नो निवासमा कालोझण्डा गाड्ने,सार्वजनिक स्थलहरुमा कालोझण्डा गाड्ने,घोराही, तुलसीपुर लमही र घोराहीमा कालोपट्टि बाँधेर विरोध जुलुस निकाल्ने कार्यक्रम तय भएको छ। 

 

प्रकाशित: ६ माघ २०७४ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App