१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धनकुटामा निषेधाज्ञा जारी, स्कर्टिङमा गाडी गुडे

धनकुटा – शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले धनकुटामा शुक्रबार लगाएको निषेधाज्ञा साँझबाट केही खुकुलो बनाएको छ। आन्दोलन रोक्ने विषयमा राजनीतिक दलसंग भएको छलफल विनानिष्कर्ष सकिएपनि सर्वसाधारणले दुःख पाएकाले साँझ ५.३० बजेपछि स्कर्टिङमा यातायात चलाउन थालेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बताए।

विहिबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार विहान बजारमा माईकिङ गरेर निषेधाज्ञा लगाएको हो। राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहने  प्रजिअ उप्रेतीले बताए।  

दिनभारी राजनीतिक दलहरुसंग भएको छलफलमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । स्थानीय प्रशासनले बन्द हड्ताल फिर्ता गर्नुपर्ने अडान राखेको थियो भने आन्दोलनकारी र राजनीतिक दलहरुले राजधानी बनाउने विषयमा राज्यको तर्फबाट ग्यारेण्टी गर्नुपर्ने माग राखेका थिए। त्यसैले सहमति जुट्न नसकेको प्रदेश सभा सांसद निरन राईले बताए।

निषेधाज्ञाको कारण बजार बन्द रहेको छ। स्थानीय प्रशासनसंग भएको छलफल सहमति नभएपछि राजनीतिक दल र आन्दोलकारी धनकुटा जिल्लाबासी आन्दोलन योजना बनाउन बैठक बसिरहेका छन्।

यसअघि प्रशासनले लगाएको निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, शिक्षण संस्था बन्द  भएको थियो। निषेधाज्ञामा ५ जना सम्मको समुहमा हिड्न र बजारमा किनमेल गर्न पाउँने कानुनी ब्यबस्था छ। तर धनकुटाका प्रहरीले हिड्डुल गर्न नदिएर दुःख दिएको गुनासो सर्वसाधारणले गरेका छन्। प्रहरीले एक दर्जन भन्दा बढी पैदालयात्रीलाई कुटपिट समेत गरेका छन्।

प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित धनकुटावासीले सरकारी कार्यालय, सवारी साधान, बजारमा तोडफोड र आगजनी गर्दै प्रहरीसंग झडप गर्न थाले स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्र्यू लगाएको थियो।  

यो घट्नापछि धनकुटामा ठुलो समुहमा सुरक्षाकर्मी परिचालन गरिएको छ। कोसी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी हरिप्रसाद पाल दुई सयजना सुरक्षा बल लिएर धनकुटा पुगेका थिए। त्यस्तै सशस्त्र प्रहरीले पनि बराह बाहिनी पकलीबाट थप सुरक्षाकर्मी ल्याएको स्थानीय प्रशासनले बताएको छ।

प्रकाशित: ५ माघ २०७४ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App