१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आन्दोलनले सरकारी कार्यालयको कामकाज ठप्प

जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिदै आन्दोलनकारीहरु।

दाङ – प्रादेशिक राजधानी माग गर्दै दाङमा जारी आन्दोलन कडा बन्दै गईरहेको छ। बन्दकर्ताहरुले शुक्रबार घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय बन्द गराएका छन्।

जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताहरुले एक घण्टा सम्म दिएको धर्नाका कारण कार्यालयका कर्मचारीहरु भित्र पस्नै पाएनन्। यसैगरि घोराही उपमहानगरपालिका कार्यालय अगाडी पनि उनिहरुले धर्ना दिएका थिए।

बन्दकर्ताको धर्नाका कारण जनप्रतिनीधि तथा कर्मचारी बाहिर निस्कीएका थिए। यसैगरि जिल्ला अदालत, हुलाक, विद्युत लगायत घोराहीमा रहेका सबै सरकारी कार्यालयको कामकाज समेत रोकिदिएका छन्।

आन्दोलन प्रति समर्थन जनाउँदै कार्यालयका कर्मचारीहरु पनि केहिवेर आन्दोलनमा सहभागी भएका थिए।

उता तुलसीपुर र लमहीमा पनि सरकारी कार्यालयको काममा अवरोध गरिएको छ। तेस्रो दिनको आन्दोलनमा स्थानीय तहका जनप्रतिनीधिहरु पनि सहभागी भएका छन् । उनिहरु आन्दोलनमा संगसंगै हिँडेका थिए। बन्दका कारण जिल्लामा यातायात, बजार, शिक्षण संस्था पूर्ण रुपमा बन्द छन्।  

 

 

प्रकाशित: ५ माघ २०७४ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App