भेनिसजस्तै सहर (फोटो फिचरसहित)

शुक्रबार, ०५ माघ २०७४, १३ : १७ शोभा ज्ञवाली  | @GyawaliShova

हरेक भ्रमणले केही न केही सिकाउँछ भनेको सत्य रहेछ । यस पटक १० दिनका लागि रुस भ्रमणमा जाँदा जति नै ख्याल गरे पनि केही न केही छुटिहाल्ने । कतार एयरवेजबाट रुसको सेन्ट पिटर्सबर्गस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा रातिको ठीक १० बजेको थियो । बाल्टिक समुद्र किनारमा रहेको यो सहरमा उत्रनेबित्तिकै एउटा झन्झट अाइपर्याे ।

भिसा लगाउँदा राति १२ बजेबाट लागू हुने गरी मिति तोकिदिएको रहेछ । हामी त्यसको ठीक दुई घण्टाअघि पुगेका थियौँ । तर यो कुरा सुरुमा हामीलाई थाहा भएन । सुरक्षाकर्मीहरु अंग्रेजी नबोल्ने, हामीलाई रुसी भाषा नआउने ! सुरुमा त हामीलाई किन अध्यागमन विभागबाट बाहिर निस्कन दिइँदैन भनेर बुझ्नै कठिन भयो ।

नेपालस्थित रुसी दूतावासले भिसा लगाउँदा राति १२ बजेबाट लागू हुने गरी मिति तोकिदिएको रहेछ । हामी त्यसको ठीक दुई घण्टाअघि पुगेका थियौँ । तर यो कुरा सुरुमा हामीलाई थाहा भएन । सुरक्षाकर्मीहरु अंग्रेजी नबोल्ने, हामीलाई रुसी भाषा नआउने ! सुरुमा त हामीलाई किन अध्यागमन विभागबाट बाहिर निस्कन दिइँदैन भनेर बुझ्नै कठिन भयो ।

जसरी इटालीको सहर भेनिसलाई संसारकै सुन्दरतम सहरमध्येमा गनिन्छ, यसलाई भने रुसीहरु पूर्वको भेनिस भन्दारहेछन् । यस सहरको सुन्दरताकै कारण हिटलरले रुसमाथि आँखा गाडेको थिए रे !

हामीसँग पासपोर्ट त मागिएको थियो नै अन्य किसिमका कागजात पनि खोजियो । यसले गर्दा मनमा अनेक किसिमका कुरा खेल्न थाले । त्यसै पनि रुस भन्नेबित्तिकै तानाशाही मुलुक, जो कोही पनि गायब हुन सक्ने, मानव अधिकारको रक्षा नभएको देशका रुपमा मनमा गढेकाले होला मनमा अनेक किसिमका आशंका मडारिन थाले । घरमा फोन गरौँ त त्यहाँ त्यस्तो सुविधा पनि थिएन । नजिक इन्टरनेट चलाउने कुनै सुविधा पनि देखिएन । मूल कुरा त भाषाकै अप्ठेरोले दिक्क बनायो । दुई घण्टाभन्दा बढी अध्यागमनमै उकुसमुकुस भएर बसिरहनु पर्यो । मनोवैज्ञानिक किसिमको दबाब दिन होला, त्यहाँका सुरक्षाकर्मीले कहिले घरको फोन माग्छन्, घरि भिजिटिङ कार्ड माग्छन् । उनीहरुको घरि न घरिको यस किसिमको व्यवहारले मन नै भरङ्ग भएर आयो । अनेक नकारात्मक चिन्तन पनि पलाए । दुई घण्टाभन्दा बढी यताउति अल्झाएपछि बल्ल थाहा भयो, हाम्रो भिसा अवधिभन्दा ठीक दुई घण्टाअघि नै सेन्ट पिटर्सबर्ग आइपुगेका रहेछौँ । जसै घडीको सुईले १२ बजायो, हामीलाई सुरक्षितसाथ होटलतर्फ अघि बढ्न स्वीकृति दिइयो । एक किसिमले ठूलो बोझ उत्रिएजस्तो महसुस भयो ।

मूल कुरा त भाषाकै अप्ठेरोले दिक्क बनायो । दुई घण्टाभन्दा बढी अध्यागमनमै उकुसमुकुस भएर बसिरहनु पर्यो । मनोवैज्ञानिक किसिमको दबाब दिन होला, त्यहाँका सुरक्षाकर्मीले कहिले घरको फोन माग्छन्, घरि भिजिटिङ कार्ड माग्छन् ।

सबैथोक ठीकठाक भए पनि जुन ठाउँमा जाने हो, त्यस ठाउँको थोरबहुत भाषा पनि जानेको भए हुन्थ्योजस्तो लाग्यो । त्यस्तै त्यहाँको नीतिनियमलाई बुझ्ने र आफ्नो यात्रा पनि सोही किसिमको बनाउनुपर्ने रहेछ भन्ने बुझेँ । जतिसुकै व्यस्त रहे पनि समय तालिका, अध्यागमनका विविध कुराहरुमा ध्यान दिनुपर्ने महसुस गरेँ ।

होटल पुग्दा बिहानको दुई बजिसकेको थियो । त्यसैले हल्काफुल्का केही खाएर सुत्यौँ । हामी केही महिला उद्यमीहरुको समूह नेपाल र रुसका उद्यमीहरुबीच उद्यमशीलता विस्तार गर्ने उद्देश्यसहित त्यहाँ पुगेका थियौँ । यही अवसरमा रुसकै पोस्टकार्ड सहरका रुपमा प्रख्याति कमाएको सेन्ट पिटर्सबर्ग पनि हेर्ने अवसर जुरायौँ । सन् १७०३ ताका रुसका महान् शासक पिटर दि ग्रेटले स्थापना गरेको यो सहर उनलाई यति मन पर्यो कि उनले यसैलाई राजधानी घोषित गरे । दुई शताब्दीसम्म यही रुसको राजधानी बन्यो । निकै पछि मात्र मस्को रुसको मुख्य राजधानी बनेको रहेछ ।

यस सहरको सबैभन्दा राम्रो लागेको कुरा भने यहाँको फराकिलो र खुल्ला बस्ती नै रहेछ । रुसकै दोस्रो ठूलो सहर मात्र होइन, युरोपका अन्य ठूला सहरहरुमध्ये मस्को पहिलो नम्बरमा पर्ने रहेछ । त्यसपछि लन्डन, बर्लिन र चौथो नम्बरमा सेन्ट पिटर्सबर्गको नाम लिइँदोरहेछ ।

भोलिपल्ट बिहान हाम्रो पहिलो काम नै आफूसँग भएका रकम साट्ने थियो । भारतीय रुपैयाँ र रुसी रुबलको उस्तैउस्तै विनिमय दर रहेछ । यसले मलाई आश्चर्यमा पार्यो, जुन मैले सोचेकी पनि थिइनँ । 

यस सहरको सबैभन्दा राम्रो लागेको कुरा भने यहाँको फराकिलो र खुल्ला बस्ती नै रहेछ । रुसकै दोस्रो ठूलो सहर मात्र होइन, युरोपका अन्य ठूला सहरहरुमध्ये मस्को पहिलो नम्बरमा पर्ने रहेछ । त्यसपछि लन्डन, बर्लिन र चौथो नम्बरमा सेन्ट पिटर्सबर्गको नाम लिइँदोरहेछ ।

हामी नेपालीलाई आश्चर्य पार्ने कुरा भने यो सहरमा जुन महिना (मध्य वर्षा)मा रात नपर्ने रात अर्थात् ह्वाइट नाइट (उज्यालो रात) हुँदोरहेछ । यसको जानकारी मैले स्थानीय साथीबाट मैले पाएको थिएँ तर हामी जाँदा भने त्यस्तो थिएन । जाडो याम भएकाले तीन बजे नै अँध्यारो हुने र बिहान पाँच बजे नै उज्यालो हुने रहेछ । पाँच बजे जस्तो उज्यालो हुन्छ, दिनभरि नै त्यस्तै रमरमी उज्यालोमै दिन सकिँदोरहेछ । हामी त्यहाँ पुग्नुअघि नै भारी हिमपात भएको थियो । मलाई भने हिउँ भनेपछि असाध्य मन पर्छ । त्यसैले चारैतिर हिउँ नै हिउँ देखेपछि मेरो मन प्रफुल्ल हुने नै भयो । हिउँसँग खेल्ने, डल्ला बनाउने, फुटाउने गर्दै बच्चा बन्न मन लागे पनि गर्नुपर्ने अरु नै कामको चाङले त्यता अल्झिन सकिएन । अँ, हिउँसँग तस्बिर खिचाउन भने छाडिएन !

यो सहर कविहरुको सहर हो, संस्कृतिले भरिएको सहर हो । जसरी इटालीको सहर भेनिसलाई संसारकै सुन्दरतम सहरमध्येमा गनिन्छ, यसलाई भने रुसीहरु पूर्वको भेनिस भन्दारहेछन् । यस सहरको सुन्दरताकै कारण हिटलरले रुसमाथि आँखा गाडेको थिए रे ! त्यसैले पनि आँखाभरि सहरको आश्वाद लिन कतिपय ठाउँमा पैदल नै हिँडियो । सहरका हर्मिताज, म्युजियम, दरबारजस्ता ठाउँ वास्तवमै मनोहर देखिन्थे । 

डिसेम्बर ३० देखि जनवरी ३ सम्म हामीले त्यहाँ नेपाली उत्पादनहरुमध्ये केको माग बढी छ, अन्तर्राष्ट्रिय बजारमा नेपाली दिदीबहिनीले बनाएका सामग्रीको स्तर पुग्छ पुग्दैन, पुग्छ भने कसरी पहुँच बढाउने, पुग्दैन भने स्तर बढाउन केकस्ता भूमिका खेल्न सकिन्छ भनी छलफलमा बितायौँ । यी विषयको जानकारी बटुल्ने र त्यसलाई व्यवस्थित रिपोर्ट बनाउने काम पनि गरियो । कतिपय विज्ञले हामीलाई नेपाली सामग्रीहरुको स्तरवृद्धिका लागि गर्न सकिने विषयमा प्रकाश पनि पारे ।

सम्मेलन सकिएपछि जनवरी ४ मा हाम्रो नेपाली टोली उच्च गतिको रेल सपसम चढेर मस्को पुग्यो । यो उच्च गतिको रेलले ७१२ किलोमिटर लामो यात्रा चार घण्टामा नै पूरा गरायो । यो यात्रामा मैले अनुभूत गरेको अर्को पक्ष चाहिँ समयको उचित व्यवस्थापन र पंचुआलिटी नै हो । बिहान ८ः५९ बजे गुड्ने भनेपछि सोही समयमा रेल गुडेको देखेर हामी नेपालीलाई अचम्म लाग्ने । हामी नेपालीलाई समयमै गाडी गुड्ने कुरा देख्दा अचम्म लाग्नु स्वाभाविक नै हो । देश त्यसै बन्दैन, प्रत्येक जनताको समयको महत्व बुझ्नुपर्छ भन्ने कुरा यहाँ आएपछि म अझ प्रस्ट भएँ । हुन पनि एउटा रेलमा हजारौँ मानिस चढेका हुन्छन्, एक मिनेट ढिला हुनु भनेको हजारौँ मिनेट ढिला हुनु हो । यसरी मात्र सोचिदिए पनि जनताले धेरै सुख पाउँथे ।यात्राको बीचमा केही ठाउँमा एक मिनेट मात्र रोक्ने भनिएको थियो र रेल एक मिनेट मात्र रोकियो, न त बढी समय न त कम नै !

हामी रुसमा रहँदासम्म घामको दर्शन दुर्लभ देखियो । घाम नै नदेखिने ठाउँमा मानिसले कसरी देशलाई विकसित पारे होलान् ! कसरी यस्तो मुलुकले ९० प्रतिशतभन्दा बढी जनतालाई साक्षर बनायो होला, सोच्दा घरिघरि अचम्ममा परिन्थ्यो । १८ वर्ष पुगेका प्रत्येक पुरुषले सैन्य तालिम लिनुपर्ने, १० कक्षासम्म निःशुल्क शिक्षा, उच्च शिक्षा लिन नसक्नेका लागि विविध किसिमका प्राविधिक तालिम दिइँदोरहेछ ।

हामी रुसमा रहँदासम्म घामको दर्शन दुर्लभ देखियो । घाम नै नदेखिने ठाउँमा मानिसले कसरी देशलाई विकसित पारे होलान् ! कसरी यस्तो मुलुकले ९० प्रतिशतभन्दा बढी जनतालाई साक्षर बनायो होला, सोच्दा घरिघरि अचम्ममा परिन्थ्यो । १८ वर्ष पुगेका प्रत्येक पुरुषले सैन्य तालिम लिनुपर्ने, १० कक्षासम्म निःशुल्क शिक्षा, उच्च शिक्षा लिन नसक्नेका लागि विविध किसिमका प्राविधिक तालिम दिइँदोरहेछ । यसो हुँदा पढ्ने जमातले उच्च शिक्षा लिने र पढ्न रुचि नराख्नेले प्राविधिक शिक्षा लिएर देशको आवश्यकताअनुसार विविध काम गर्ने व्यवस्था मिलाइएको रहेछ । मलाई अझ बढी रोचक त कुन बेला लाग्यो भने अन्य स्थानमा छोरीको बिहे भएपछि ज्वाइँले पाल्ने चलन छ । यहाँ भने छोरीको बिहे भएपछि घरज्वाइँ बनाउने चलन रहेछ । छोरीले आफ्ना वृद्ध आमाबुबालाई हेर्नुपर्ने, महिलालाई हरेक क्षेत्रमा अघि बढाउने किसिमको नीति लिइएको देख्दा मलाई रमाइलो लाग्यो ।

‘हाम्रो देशको इतिहास समाजवाद आएपछि सन् १९१५ बाट सुरु हुन्छ,’ अधिकांशले यही भनेको सुनेँ । आफ्ना कुरामा गौरव गर्ने, पुराना कुराको संरक्षण गर्ने रुसीहरुको बानी मलाई चित्त बुझ्यो । क्षेत्रफलका हिसाबले संसारकै सबैभन्दा ठूलो देश रुस हो भन्ने थाहा थियो तर रुसभरि नै ११ घण्टाको फरक मानिन्छ भन्ने कुरा थाहा थिएन ।

प्रति व्यक्ति औसत आयु पुरुषको ६३ र महिलाको ७५ रहेछ भन्ने थाहा पाउँदा उदेक लाग्यो । सामान्यतः महिलाहरुको औसत उमेर कम हुन्छ अन्य ठाउँमा । हाम्रै नेपालमा पुरुष र महिलाको औसत आयु क्रमशः ६७ वर्ष र ७० वर्ष रहेको देखिन्छ तर रुसमा भने महिलाहरु औसत रुपमा १० वर्षभन्दा बढी बाँचेको देख्दा रमाइलो लाग्यो।

समाजवादको पहिलो पटक प्रयोग गरेकाले संसारभरिका कम्युनिस्ट पार्टीहरुका लागि रुस एउटा आदर्श मुलुक थियो । सन् १९९० ताकाको प्रजातान्त्रिक परिवर्तनका कारण कम्युनिस्ट शासन ढलेपछि त्यहाँ एक किसिमको लोकतन्त्र हुर्किरहेको छ । सोही परिवर्तनको सुरुवाती समयमा नेपालबाट रुस पढ्न गएका नेपाली विद्यार्थी यतिबेला गैरआवासीय नेपाली संघको अभियन्ताका रुपमा परिचय स्थापित गरिसकेका छन् । उपेन्द्र महतो, जीवा लामिछाने लगायत अन्यले रुसमा रहेर नेपाली उद्यमलाई सघाउने मात्र होइन, नेपाली साहित्यको समेत सेवा गर्नुभएको छ । छोटो अवधिमा उहाँहरुसँग भेटघाटको अवसर भने जुर्न सकेन ।

मस्कोमा दुई रात बस्दा हामीले रुसस्थित नेपाली राजदूतावासका आवासीय राजदूत ऋषिराम घिमिरेसँग पनि भेट्यौँ । महामहिम घिमिरेसँग पनि हामीले नेपाली महिला उद्यमीले रुससँग लिन सक्ने व्यापार साझेदारका सम्भावना मात्र खोजेनौँ, यही अवसरमा देशमा विकसित राजनीतिक विषयमा समेत छलफल गर्याै‌ । राजदूत घिमिरेले चासो नेपाल अब आर्थिक रुपमा देश समृद्ध पार्न ढिला गर्न नहुने पक्षमा सहमत हुनुहुन्थ्यो । हरेक देशभक्त नेपालीझैँ उहाँ पनि देशको विकास द्रुत गतिमा अब हुनुपर्ने धारणा राख्नुभयो । 

यसरी आजभोलि भन्दाभन्दै हाम्रो १० दिने रुस भ्रमण सम्पन्न भयो ।  aakriti72@gmail.com

 














































यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad