१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा – सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। 

कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मगरको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए। 

मृतक मगरको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ भने टिपर चालक इलाका प्रहरी कार्यालय, धरानको नियन्त्रणमा रहेको छ। 

प्रकाशित: ५ माघ २०७४ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App