१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पिँजडालाई दर्शकको साथ

काठमाडौं– पाँच वर्षपछि नेपाली फिल्ममा पुनरागमन गरेका अभिनेता निखिल उप्रेतीका अधिकांश फिल्मले दर्शकबाट नकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा फिल्म ‘पिँजडा ब्याक अगेन’ले भने फिल्मकर्मी र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

फिल्मले बुधबार राजधानीमा प्रिमियर सो गर्दा फिल्म हेर्ने अधिकांशले नायिका सारा श्रीपालीको अभिनय र निखिलको एक्सनलाई रुचाए ।हिमाल केसी निर्देशित फिल्म हेर्न अभिनेता निखिल, नायिका सारालगायतका कलाकारको उपस्थिति थियो । पति निखिलसँग आएकी नायिका सञ्चिता लुइँटेलले निखिलको एक्सन मनपरेको बताइन् । उनले नायिका साराको अभिनयको पनि तारिफ गरिन् ।

बिहीबारबाट मोफसलमा र शुक्रबारबाट उपत्यकामा रिलिज हुने फिल्म हेर्ने फिल्मकर्मी तथा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक हिमालले बताए । फिल्ममा निखिल र सारासहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदीप दाहाल, सुस्मिता केसी, सुन्दर श्रेष्ठ, उत्तम केसी तथा बालकलाकार कुशाग्र भट्टराई लगायतको अभिनय छ ।

श्रीराम बराल निर्मित फिल्ममा रमेश सुवेदी र बाबुराज सह–निर्माताका रूपमा रहेका छन् भने बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौरा र चन्द्रबहादुर खत्री निर्माता छन् । मौनता श्रेष्ठको कथामा बनेको फिल्ममा सौरभ लामाको छायांकन र निर्देशक केसीको द्वन्द्व तथा अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।
 

प्रकाशित: ५ माघ २०७४ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App