१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मी पराजित

काठमाडौं— राखेप च्याम्पियनसिपअन्तर्गत तेस्रो राष्ट्रिय खो खो प्रतियोगिताको महिलामा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी बिहीबार सेमिफाइनलमै रोकिएको छ ।

रूपन्देहीमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा गत संस्करणमा तेस्रो भएको सुदूर पश्चिमाञ्चलले आर्मीलाई सडन डेथमा पराजित गरेपछि आर्मीको यात्रा सेमिफाइनलमै पूर्णविराम लागेको हो । निर्धारित समयको खेल १४–१४ को बराबरीमा सकिएको थियो ।

अर्को सेमिफाइनल हुन बाँकी छ । त्यसमा मध्यमाञ्चल मध्यपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो सेमिफाइनलको विजेताले सुदूरपश्चिमाञ्चलसंग उपाधिका लागि भिड्ने छ ।पुरुषमा डिफेन्डिङ च्याम्पियन आर्मी र सुदूरपश्चिमाञ्चलले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा आर्मीले मध्यमाञ्चलमाथि ११–१ को सहज जित हात पा¥यो । कठिन जित हात पार्ने क्रममा सुदूर पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–७ ले पाखा लगायो । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

 

प्रकाशित: ५ माघ २०७४ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App