१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वर्षौंदेखि शवपर्खंदै आएन

काठमाडौं- साउदी अरबमाज्यानगुमाएकाबाँके, सीतापुर–६ एकाहर्षबहादुर खत्रीको शवलामो समयसम्म स्वदेश नआउँदालास हेरेर भएपनिचित्तबुझाउन परिवारको धोको अधुरै रहेको छ। पाँचवर्षअघि साउदीगएकाहर्षबहादुरको निधनभएको खबर रियाधस्थित नेपालीदूतावासले दिएको तर शवअझसम्मनआएको उनकाबाबु वीरबहादुर बताउँछन्। पाँचवर्षअघि साउदीगएकाहर्षबहादुर केही समयमै सम्पर्कविहीनभएको वीरबहादुरे जानकारी दिए।

'लाश हेरेरभएपनिचित्तबुझाउने इच्छा थियो,' वीरबहादुर भन्छन्, 'त्यो पनि पूरा हुन सकेको छैन।' छोराको मृत्यु भएको खबर सुनेलगत्तै वीरबहादुर लाशझिकाउन काठमाडौंका सरोकारवालासबै निकायपुगिसके।सबैले सहयोग गर्ने कुरा गरे कामभएन। सरकारी निकायले लाशझिकाउननसकेपछि अघिल्लो सरकारका गृहमन्त्रीशक्तिबहादुर बस्नेत गुहारेको वीरबहादुरले बताए। बस्नेतले जसरी पनिसहयोग गर्ने र कानुनी रूपमानमिल्ने भएव्यक्तिगत रकमखर्चेर भएपनिलाश घरसम्म पुर्‍याउने प्रतिबद्धता जनाएकाथिए।

बस्नेत सरकारमा नरहेपछि खत्री परिवार पुनःनिराशभएको छ। हर्षबहादुरको शवअलहासास्थित अस्पतालमा छ। त्यहाँतिर्नुपर्नेशुल्कतीनलाख रुपैयाँहाराहारी छ। घरपरिवार शुल्कबुझाउननसक्ने अवस्थामा रहेको र सरकारी निकायहर्षबहादुर साउदीमा गैरकानुनीरुपले बसेकाकारण रकमनिकासागर्न गाह्रो भइरहेको बताउँछन्। उनीअवैध बाटोबाट गएकाथिए। परिवारकाअनुसार दलालले हर्षबहादुर झुक्याएर अवैध बाटो साउदीपुर्‍याएकाथिए। 'कुनै वैधकुनअवैधहामीलाई थाहाभएन,'परिवारकासदस्यले भने, 'मान्छे बेचेर कमाउने गिरोहले अवैध बाटो लगेछन्।' हर्षबहादुरलाई दलालले भारतको मुम्बई हुँदै साउदी पुर्‍याएको आफन्तले बताए।

रोजगारीको क्रममामृत्यु, घाइते तथाअंगभंगभएकालाई आर्थिक सहायतादिनेवैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सहायकनिर्देशक कृष्णा गौलीअवैध कामदारलाई सहयोगगर्दा विभिन्ननिकायले अनेकथरि प्रश्नगर्ने भएकाले समस्याहुने बताउँछिन्। यस्ता विशेष घटनामा मन्त्रीस्तरीय निर्णय आवश्यक पर्ने उनको भनाइ छ। 'सरकारले चाहे आफ्नानागरिकलाई सहयोग गर्न सक्छ,' गौलीले भनिन्, 'अफगानिस्तानमामारिएकाव्यक्तिको शवल्याउँदा सरकारलेको वैध र को अवैधछुट्ट्याएन।'

वैध तरिकाले रोजगारीमागएकाहरूको विदेशमानिधनभएबोर्डले ५ लाख रुपैयाँ राहतरबिमाको थप १० लाख रुपैयाँआफन्तले पाउँछन्।सम्झौताअवधिमा कसैको मृत्यु भएशवघर पुर्‍याउनेदायित्वरोजगारदाताको हुन्छ। श्रम तथा रोजगार मन्त्रालयका सूचनाअधिकारी शिवराज सेढाईंअवैधतरिकाले वैदेशिक रोजगारीमाजानेको हकमाश्रम मन्त्रालयको साटो परराष्ट्र मन्त्रालयको छुट्टै पहलआवश्यक पर्ने बताउँछन्।

परिवारको जानकारी बिना लाश जलाइयो

हर्षबहादुरको परिवार लाशल्याउननसकेर छटपटाइरहेको बेला सुर्खेत गढी–९ कागकुलखासुमगरको परिवारलेलाशै देख्न नपाउने भएको छ। दीप गेटवे ओभरसिजमार्फत साउदीगएकाखासुमगरको शव नेपालझिकाउने प्रयास भइरहेको बेलात्यहाँको प्रहरीले जलाएको परिवारको भनाइ छ।

स्थानीयप्रहरीको हवालादिँदै नेपालीश्रम सहचारीले गएको जेठ १८ गते खासुमगरको निधनभएको जनकारी दिएलगत्तै परिवारले शवझिकाउनपहलथालेकाथिए। परिवारकाअनुसार घर फिर्ती केन्द्रमा रहेको बेलाप्रहरी कुटपिटका कारण मृत्यु भएको हुनसक्ने आशंका छ। यद्यपित्यहाँको प्रहरीले नपालीदूतावासलाई खासुमगरले आत्महत्या गरेको जानकारी दिएको थियो। तर, परिवारका सदस्यभने आत्महत्या गरेको भएशवजलाउनु आवश्यक नरहेको ठान्छन्।

पीडित परिवारले खासुमगरको शवझिकाउन र मृत्यु कारण पत्तालगाउनभन्दै विभिन्ननिकायमानिवेदनदिनथालेकै बेलासाउदीस्थितश्रम सहचारी भोजराज घिमिरेले गतअसार १० गते स्थानीयप्रहरीलाई हवालादिँदै घर फिर्ती केन्द्रमा रहेका बेलाआत्महत्या गरेको नेपालमापत्रमार्फत जानकारी गराएकाथिए। जानकारी नदिएरशवजलाइएकाकारण पीडित परिवारको प्रहरीले ज्यादति गरेकोदाबीगरिरहेको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सहायकनिर्देशककृष्णा गौलीकाअनुसार निवेदनपरेपछि बोर्डले खासुमगरको शवझिकाउनगतजुन ८ मा साउदीदूतावासमादुई लाख ८५ हजार ६ सय रुपैयाँ पठाएको थियो। र, जेद्दास्थित नेपालीकन्सुलरले शव नेपाल पठाउनकार्गो बुकिङ गरिसकेको थियो।शवझिकाउन नेपालीपक्षले सबै तयारी पूरा गरेपछि गतजुन १६ अर्थात असार २ गते साउदीमै खासुमगरको अन्तिम संस्कार गरिएको त्यहाँको प्रहरीले नेपालीअधिकारीलाई खबर गरेको गौलीले जानकारी दिइन्। खासुमगर २०७२ जेठ ३ गते साउदीको गल्फइन्भायरन्मेन्ट प्रोटेक्सनकम्पनीमाक्लिनरको  कामगर्न गएकाथिए।

सरकारी अधिकारीकाअनुसार रोकथामकाविभिन्नउपायअपनाउन सल्लाहदिँदादिँदै पनिपछिल्लो समयमावैदेशिक रोजगारीको क्रममाज्यानगुमाउनेको संख्या बढ्दै गइरहेको छ। रोजगारीको क्रममामृत्यु हुँदात्यस्ताव्यक्तिको शवझिकाउन रोजगारदाताकम्पनीले बेवास्तागर्दा पीडितलाई थप समस्याहुने गरेको छ।बोर्डकीअधिकृतपुनमथपलियाकाअनुसार साउदीबाट शवल्याउनकिनैकठिन हुने गरेको छ। 'साउदीमाकुनै कामदारको निधनभयो भने २–३ महिनात्यतिकै लाग्छ,' उनले भनिन्, 'त्यस्तो बेला परिवारका सबै सदस्य पीडा र छटपटाहटमा हुन्छन्।' काठमाडौंबाट शवछिटो पठाइदिन पटकपटक आग्रह गरे पनि साउदीका रोजगारदाताले कुनै मतलबनगरी पीडित परिवारलाई अत्याचार गरिरहेको धेरैको भनाइ छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादितबनाउने हो भने रोजगारदाताकम्पनीलाई नियमसंगतकामगर्न नेपाल सरकारले बाध्यनपारेसम्मकामदार र तीनका परिवारमाथिअन्यायभइरहने भुक्तभोगीको भनाइ छ। आर्थिक वर्ष ०७१/७२ को तुलनामाआर्थिक वर्ष ०७२/७३ मा वैदेशिक रोजगारीको क्रममाज्यानगुमाउनेको संख्यामा केहीघटेकोबोर्डले जनाएको छ। बोर्डका सूचनाशाखाप्रमुखआशीष भण्डारीकाअनुसार ०७१/७२ मावैदेशिक रोजगारीको क्रममा१हजार २सयले ज्यानगुमाएकाथिएभनेआर्थिक वर्ष ०७२/७३ मा९ सय ५ जनाले ज्यानगुमाए। अघिल्ला वर्ष जस्तै आर्थिकवर्ष ०७२/७३ मापनि सबभन्दा बढी मलेसियामा नेपालीले ज्यानगुमाए। वैदेशिक रोजगारीको क्रममाज्यानगुमाउने सबै श्रम गर्ने उमरेकाहुन्। १८ देखि ४५ वर्षसम्मकाव्यक्तिमात्रश्रम स्वीकृतिलिएर वैदेशिक रोजगारीमाजान पाउँछन्। बोर्डकाअनुसार २०६५ सालदेखि अघिल्लो महिना (असार) सम्म वैदेशिक रोजगारीको क्रममा ५ हजार दुई सय २५ जनाले ज्यानगुमाएका छन्। ज्यानगुमाउने मुख्यकारणमा सडक दुर्घटना, एसी चलाउननजान्नु, अत्यधिकमदिरा सेवनबाट हुने मुटुजन्य समस्यापाइएको छ।

आर्थिक वर्ष ०७२/७३ माकुन देशमाकतिले ज्यानगुमाए (शीर्ष ३ देश)

देश  संख्या

मलेसिया ३५३

साउदी अरब २४९

कतार १६५

अन्य १३८

जम्मा ९०५

प्रकाशित: २७ श्रावण २०७३ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App