१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोटीमा पनि नर्सहरु आन्दोलित

डोटी – भक्तपुरमा मानव अंग प्रत्यारोप केन्द्रबाट नर्सहरुलाई निकालिएको बिरोधमा डोटी जिल्ला अस्पतालमा कार्यरत नर्सहरुले पनि बिरोध जनाएका छन्। सरकारसंग अधिकार र सुरक्षासहितका विभिन्न मागहरु राख्दै पुस २६ गतेदेखि जिल्ला अस्पतालका नर्सहरुले पनि बिरोध जनाईरहेका छन्।

निस्काशित नर्सहरुलाई पुनःबहाली गर्नुपर्ने, अधिकारसहितको नर्सिङ महाशाखाको पुनर्स्थापना हुनुपर्ने, नेपाल सरकारले बनाएको नर्स र बिरामीहरुको अनुपात सबै अस्पतालहरुमा लागु गर्नुपर्ने, निजी संस्थाहरुले भोलिन्टियरका नाममा गरिरहेको श्रम शोषणको अन्त्य हुनपर्ने लगायतका मागहरु राखेर देशैभरका नर्सहरु आन्दोलित छन्। सोही अनुसार आफूहरुले पनि आन्दोलन गरिरहेको जिल्ला अस्पताल डोटीमा कार्यरत सुशिला मरासिनीले बताईन्।

कार्यक्रम अनुसार पुस २६ र २७ गते कालो पट्टी बाधेर, २८,२९ र ३० गते कार्यरत स्वास्थ्य संस्थाहरुमा विहान १० बजे देखि ११ बजे सम्म, माघ १,२ र ३ गते बिहान दिउसो १० बजे दिउसो १ बजेसम्मे र ४, ५, ६ गते बिहान ८ बजे देखि साँझ ४ बजेसम्म ड्यूटी छाड्न निर्णय अनुसार आन्दोलन गरिहेको उनले बताईन्। यस्तै ७ गते देखी सम्पुर्ण ड्यूटी छोडेर स्वास्थ्य मन्त्रालय र कार्यरत स्वास्थ्य संस्था अगाडी धर्ना दिने कार्यक्रम रहेको छ।

प्रकाशित: ४ माघ २०७४ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App