१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इजी डिल्स नेपालको औपचारिक सुरुवात

काठमाडौं – अनलाइन सपिङद्वारा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने लक्ष्यसहित इजी डिल्स नेपालले आफ्नो व्यवसायिक कामको थालनी थालेको छ। मंगलबार संस्थाका अध्यक्ष फिलिप डिसीले एक कार्यक्रमबीच कार्यालय स्थापनाको औपचारिक घोषणा गरेका हुन्। 

अनलाइन सपिङ मार्फत आम उपभोत्ता लाई सेवा उपलव्ध गराउने उद्देश्यले व्यवसायिक संस्थाको थालनी गरिएको संस्थाका अध्यक्ष फिलिप डिसीले जानकारी दिए। 

संस्थाले माग भए बमोजिमका ‘भाइटेक्स अर्थात् फुड सप्लिमेन्ट्री’, ‘इलेक्ट्रोनिक’, ‘कस्मेटिक’, ‘फर्निचर’, ‘कपडा’ लगायत विभिन्न ब्रान्डका सामानहरू अनलाइन मार्फत होम डेलिभरी गराउनेछ। अहिले संस्थाको मुख्य कार्यालय काठमाडौंको पुतलिसडकमा रहेको छ । निकट भविष्यमा नेपालका अन्य भागमा पनि शाखा बिस्तार गरिने डिसीले जनाए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले भनिन, “अनलाइन मार्फत उपभोग्य सामाग्रीसाथै नेपालको कलाकृतिलाई पनि विश्वबजारमा बिक्री बितरणको ब्यवस्था गरी नेपाली उत्पादनलाई बिशेष प्राथमिकता दिन आवश्यक छ ।” 

त्यस्तै ज्यालो चिन्तनका उत्प्रेरक विश्वकिर्तिमानी बक्ता अनन्तराम केसीले ‘नेपालमा अनलाइन सपिङको प्रयोगले व्यापारमा नयाँ क्रान्ति अाउने विश्वास व्यक्त गरे ।

 ‘संस्थाले अनलाइन मार्फत सरल, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने र यसबाट आम उपभोत्ता प्रत्यक्ष लाभान्वित हुने संस्थाका अध्यक्ष डिसीले बिश्वास लिए । 
 
नेपाली उत्पादन ओझेलमा परिरहेको अवस्थामा निजी क्षेत्रबाट भएपनि इजि डिल्स नेपालले नेपालका उत्पादनलाई विश्व बजारसम्म पु¥याउन अनलाइन सपिङ सुरुवात गरेको हो ।

प्रकाशित: ४ माघ २०७४ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App