१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानले भन्यो– उत्तर कोरियालाई धेरै महत्व नदिउ

क्यानडा – जापानले उत्तर कोरियाको आक्रामक आकर्षणप्रति आपत्ति जनाएको छ। क्यानडामा जारी २० राष्ट्रका विदेशमन्त्रीको अन्तर्राष्ट्रिय बैठकमा जापानका विदेशमन्त्री तारो कोनोले प्योङयाङप्रति अहिलेको आक्रामक आकर्षकले संसार अन्धो हुन नहुने बताए।

दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा भाग लिने उत्तर कोरियाको योजनापछि जापानी विदेशमन्त्रीले अहिले नै प्याङयोङलाई विश्वास गर्न नसकिने टिप्पणी गरे।

बैठकमा २० देशका विदेशमन्त्री उत्तर कोरियामाथि दबाब बढाउनका लागि सहमत भएको बीबीसीले जनाएको छ। यद्यपी उनीहरुले उत्तर र दक्षिण कोरियाबीच चलिरहेको वार्तालाई भने सकारात्मक सुरुवात भन्दै स्वागत गरेका छन्।

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोंग उनले नयाँ वर्षको सम्बोधनमा दक्षिणसँग सम्वाद खुल्ला गर्ने र प्यानचोङमा खेलाडी पठाउने घोषणा गरेपछि दुई देशबीच वार्ता सुरु भएको थियो। वार्ताको संयुक्त राष्ट्रसंघ, अमेरिका, रुस, चीनलगायत देशले स्वागत गरेका बेला जापान सशंकित बनेको हो।

प्रकाशित: ३ माघ २०७४ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App