१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाघको छाला, हड्डीसहित दुई पक्राउ

गोरखा (रासस)- तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले तीन वटा बाघको छाला र हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई वन्यजन्तु ओसारपसार ऐनअनुसार कारबाही गर्न जिल्ला वन कार्यालयमा बुझाएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए।  

 

प्रकाशित: २ माघ २०७४ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App