१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुससहित काठमाडौं महानगरका इन्जिनियर पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यस्तै आयोगले मंगलबारै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए। उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए। उनीहरुलाई हदैसम्मकोे कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित: २ माघ २०७४ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App