१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद बैठक बुधबारलाई सर्‍यो

काठमाडौं- प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारीका साथ आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधबारलाई सरेको छ।

आवश्यक तयारी नपुगेको भन्दै मन्त्रिपरिषद बैठक बुधबार बिहान ९ बजेको लागि बोलाइएको हो। ‘आज ४ बजे बस्ने भनिए पनि बैठक भोली ९ बजेलाई सरेको छ’, कानुनमन्त्री यज्ञबहादुर थापाले नागरिकन्युजसँग भने।

प्रदेश प्रमुख नतोकिएको भन्दै आलोचना भइरहेको बेला सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको हो। माघ २४ गतेलाई राष्ट्रिय सभाको निर्वाचन तोकिएको छ।

प्रकाशित: २ माघ २०७४ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App