१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बलेवा विमानस्थलमा उडान भर्ने तयारी

फाईल तस्बिरः नागरिक तीन वर्ष अघि परीक्षण उडानको लागि बाग्लुङको बलेवा विमानस्थलमा पुगेको जहाज

काठमाडौं –बन्द रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्यन प्राधिरण र  विमान कम्पनीले प्रतिवद्धता जनाएका छन् ।

प्राधिकरण र एयरलाइन्सका प्रतिनिधिबीच आइतबार भएको छलफलपछि विमानस्थल सञ्चालनमा ल्याउने सहमति भएको बागलुङका निर्वतमान सांसद प्रकाश शर्मा पौडेलले बताए । ‘निरन्तर दबा दिँदै आएका थियौं विमानस्थलको लागि आवश्यक थप पूर्वाधार तयार गर्न प्राधिकरणले प्रतिवद्धता जनाएको छ,’ पौडेलले भने, ‘नेपाल एयरलाइन्ससहितका कम्पनीले आगामि चैतबाट विमान उडान गर्ने सहमति जनाएका छन् ।’

प्राधिकरणले एयरपोर्टको मर्मत गर्न, उपकरणसहितको आवश्यक भौतिक र कर्मचारीको व्यवस्थापन गर्ने भएको छ । नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एक पटक नियमित उडान भर्ने प्रतिवद्धता जनाएको पौडेलले बताए ।
यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग गर्ने बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले प्रतिवद्धता जनाएका थिए । ‘यात्रुको अभाब हुन दिँदैनौं,’ मेयर बैठकमा भने ।

वि.स.२०४८सालमा पोखरा –बाग्लुङ सडकमा सवारी  साधन गुड्न थालेपछि उक्त विमानस्थल बन्द रहेको छ । सो स्थानमा पुग्ने बाटो कच्ची भएको कारण बीचमा परिक्षण उडान भए पनि विमानस्थल बन्द थियो । करिब तीन वर्ष अघि विमानस्थल संचालन ल्याउने तयारीका साथ तत्कालिन शिक्षामन्त्री तथा माओवादी नेता दिननाथ शर्माको पहलमा नेपाल एयरलाईन्सको ट्वीनेटर जहाजले टेस्टिङ् उडान गरेको थियो । शर्मा आइतबारको बैठकमा पनि सहभागी थिए ।बागलुङ मालढुंगादेखि—नारायणस्थान हुँदै सरंगीसम्मको कालीगण्डकी करिडोरको सडक नेपाली सेनाले करिब पाँच करोडको लागतमा स्तरोन्नती गरिसकेको छ ।

विमानस्थल संचालन गर्न धौलागिरीबासीले माग गर्दै आएको थिए ।  सो विमानस्थलमा हवाई उडान भए धौलागिरीका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने बलेवाका स्थानीय सागर परियारले बताए । ‘विगतदेखिनै विमानस्थल सञ्चालन गर्न माग गर्दै आएका थियौं,’ परियारले भने, ‘सञ्चालन गर्ने खबरले स्थानीय समुदायमा खुशी छाएको छ ।’

मालढुंगाबाट बिमानस्थल हुँदै जाने सडकको लागि आवश्यक बजेट विनियोजन भई काम अघि बढेकोले कालो पत्रे गर्ने तयारी भैरहेको छ । विमानस्थल संचालनमा सघाउ पु¥याउन  पर्वतको कुश्माबाट नारायणस्थानमा रहेको बिमानस्थलमा पुग्नको लागि पनि यान्त्रिक पुल निर्माण गरिएको छ । सो पुल निर्माणसँग कुश्माबाट ढेड घण्टामा आउने यात्रु आठ मिनेटमै नारायणस्थानमा आउँछन् । बलेवा बिमानस्थल संचालनमा टेवा पुगोस् भनेर यान्त्रिक पुल निर्माण गरेको उद्योग बाणिज्य संघ पर्वतले जनाएको छ ।

यो विमानस्थल बाग्लुङका नारायणस्थान,पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडा लगायत करिव १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण गरेका थिए । सो क्षेत्रको पर्य
बिमान स्थल बन्द हुँदा  भैरवस्थान, भकुण्डेको मुलावारी , गाजाको दह  लगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । बिमानस्थल सञ्चालनमा ल्याउन सके आन्तरिक तथा बाहय पर्यटकको सँख्यामा बृद्धि हुने स्थानीय डिल्लिराम सुवेदीले बताए । ‘पर्यटन प्रवद्र्धन गर्नको लागि विमानस्थल सन्चालनमा ल्याउनु पर्छ,’ सुवेदीले भने, हवाईसेवा सञ्चालनमा आए पर्यटकको आकर्षण बढ्ने छ ।’

बिमानस्थल संचालन गरेर नियमित उडान भरेमा बैदेशिक रोजगारबाट आउने व्यक्ति, व्यापारी, सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारी लगायत पर्यटक भित्राउन समेत सकिने हुने स्थानीय बताउँछन् ।
बिमान स्थल बन्द हुनु पूर्व बलेवाबाट टुईनेटर बिमानले  काठमाण्डौ, पोखरा र भैरहवा उडान भर्ने गर्दथे । बागलुङ जाने सवै उच्च नेताहरुले बिमान सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाउने गरेका छन् । उच्च नेतृत्वबाट प्रतिवद्धता जनाए पनि बिमानस्थल सञ्चालनमा नआउ“दा बाग्लुङ, पर्वत, म्याग्दी जनता समेत सेवाबाट बञ्चित भएका छन् ।

यहाँका स्थानीय राजनीतिक दल, व्यवसायीले बन्द बिमानस्थल सुचारु गर्नकोलागि  पटक—पटक दबाब दिँदै आएका थिए ।  बिमानस्थल अहिले गौचरनमा अवस्थामा  छ । सो  बिमानस्थलबाट घाँस बेचेर प्राप्त आम्दानी स्थानीय क्याम्पसले उपभोग गर्दै आएको छ ।

 

 

 

 

 

 

प्रकाशित: १ माघ २०७४ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App