१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दर्शक बढाउँदै ‘मिस्टर झोले’

काठमाडौं – शुक्रबारबाट रिलिज भएको फिल्म ‘मिष्टर झोले’ले दुई दिनमा १ करोड १० लाखको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

दयाहाङ राई र दिया पुन स्टारर फिल्मले शुक्रबार र शनिबार १ करोड माथिको व्यापार गरेको हो । फिल्मले राजधानीका हलबाट दुई दिनमा ७० लाख र मोफसलका हलबाट ४० लाख ग्रस गरेको निर्माताको दाबी छ ।
फिल्मका कार्यकारी निर्माता मणि पोखरेलले फिल्मको कमेडी, कलाकारको अभिनय र गीतले दर्शकलाई हलमा तानेको बताए । ‘दुई दिनमा हलमा देखिएको दर्शकको चापले हामी खुशी छौं,’पोखरेलले भने,‘उपत्यका बाहिर पनि दर्शकको फ्लो राम्रो पाएका रिर्पोट हामीलाई आएको छ ।’

काठमाडौं वितरक गोविन्द शाहीले निर्माताको दाबीमा सत्यता रहेको बताए । उनले फिल्मको व्यापार आक्रामक नभए पनि सुखद रहेको प्रतिक्रिया दिए ।
‘फिल्मको इनिसियल आक्रामक रहेन तर नराम्रो पनि छैन । मल्टिप्लेक्समा शोज बढिरहेका छन् यसले फिल्म दर्शकलाई मन परेको छ भन्ने बुझिन्छ । समग्रमा फिल्म हामीले सोचेभन्दा राम्रो  गइरहेको छ,’ वितरक शाहीले भने ।

‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘पुरानो डुंगा’ फिल्म निर्देशन गरिसकेका रामबाबुले ‘मिष्टर झोले’ पनि ‘कबड्डी’ फ्लेबरमै बनाएको आरोप झेलिरहेका छन् ।

टेकेन खड्का निर्माता र रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।
 

प्रकाशित: १ माघ २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App