१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिटिइभिटीको अनुगमनमा आशंका

लहान – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त टिएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाले मनपरी रकम असुल्दै आएका छन्। सिटिइभिटीले तोकिदिएको मापदण्डबाहिर गएर सिरहा र सप्तरीमा सञ्चालित इन्स्टिच्युटहरुले रकम असुली गरिरहे पनि सिटिइभिटी भने मौन छ।

टेक्निकल एसएलसी (टिएसएलसी) अन्तर्गतका अनमी, सिएमए, अहेब, एमएलटी, सबओभरसियर, अमिनलगायतका कोर्स पढाउँदै आएका इन्स्टिच्युटले आफूखुसी रकम असुलिरहेका छन्। उनीहरुले १८ महिने अनमी पढाइका लागि विद्यार्थीसँग एक लाख ६० हजारदेखि एक लाख ९२ हजारसम्म असुल्दै आएका छन् । अहेब, सिएमए र सबओभरसियर पढ्ने विद्यार्थीसँग १ लाख ३० हजारदेखि १ लाख ८० हजारसम्म असुली हुँदै आएको छ। 

अनमी, सिएमए, अहेब, एमएलटी, सबओभरसियर, अमिनलगायतका कोर्स पढाउँदै आएका इन्स्टिच्युटले आफूखुसी रकम असुलिरहेका छन् । उनीहरुले १८ महिने अनमी पढाइका लागि विद्यार्थीसँग एक लाख ६० हजारदेखि एक लाख ९२ हजारसम्म असुल्दै आएका छन्।

सप्तरी र सिरहामा मात्र अनमी, अहेब, सिएमए, सबओभरसियर, अमिनलगायतका कार्यक्रम पढाइ हुने करिब एकदर्जन इन्स्टिच्युट छन् । लहानस्थित एक इस्स्टिच्युटमा अनमी अध्ययनरत विद्यार्थीका अभिभावकले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, ‘मैले किस्ताबन्दीमा कुल १ लाख ९२ हजार तिर्नुपर्छ । कलेजले जति भन्यो त्यति नतिरे छोराछोरीलाई पढाउन पाइँदैन।’

सिटिइभिटीको स्तर निर्धारण महाशाखा प्रमुख जीवनारायण काफ्लेका अनुसार टिएसएलसी कार्यक्रममा यति नै शुल्क भनेर मापदण्ड तोकेको अवस्था छैन तर पनि १ लाखदेखि १ लाख २० हजारसम्म लिने चलन बसिसकेको छ । ‘सामान्यतया १८ महिने कोर्सका लागि योभन्दा बढी शुल्क लिन पाइँदैन’, उनले भने, ‘यसभन्दा धेरै लिएको जानकारीमा आएको छैन ।’ 

डिप्लोमा कार्यक्रमअर्थात् स्टाफ नर्स, ओभरसियर, हेल्थ असिसटेन्टलगायतका कार्यक्रमका लागि सिटिइभिटीले शुल्क निर्धारण गरेको छ । यी संकाय सञ्चालन शिक्षण संस्थाले नागरिक बडापत्रमार्फत शुल्कलगायतका जानकारी सार्वजनिक रुपमा देखिनेगरी राख्नुपर्छ । यो प्रावधान पालन गरेको पाइँदैन।

सिटिइभिटीले अनुगमन नगरेकाले पनि विद्यार्थी भनेजति शुल्क बुझाउन बाध्य बन्दै आएका छन् । एउटा इन्स्टिच्युटले एक ब्याजमा ४० जना विद्यार्थी भर्ना गर्न पाउँछ । यसमा दुईजना छात्रवृत्तिका विद्यार्थी हुन्छन् । ३८ जना विद्यार्थीसँग इन्स्टिच्युटले अतिरिक्त रकम लिएर भर्ना गर्छन् । उनीहरुले एक विद्यार्थीसँग ४० हजारदेखि ८० हजारसम्म अतिरिक्त रकम असुली गरिरहेका छन्।

लहानस्थित पब्लिक टेक्निकल इन्स्टिच्युटका संस्थापक उपेन्द्र सिंहका अनुसार निजी प्राविधिक शिक्षालय महासंघले शुल्कको सीमा निर्धारण गरिदिएको छ । उनले भने, ‘स्टाफ नर्स कार्यक्रमको शुल्कको ४० प्रतिशत अनमी कार्यक्रममा लिने भनेको छ । सोही निर्णयअनुसार कसैले १ लाख ६० हजार लिन्छन् त कसैले १ लाख ९२ हजार लिन्छन् ।’ मनपरी शुल्क उठाउन छुट दिइएका कारण सिटिइभिटीका अनुगमनकर्तामाथि भने शंका उब्जिएको छ।

प्रकाशित: १ माघ २०७४ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App