१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी दिए।

‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’ दाहालले भने– ‘उनको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ।’

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन्।

निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार ओली स्वास्थ्य परीक्षण गराउन बैकक गएका थिए।

स्वकीय सचिव दाहालका अनुसार धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा पुस २७ गते बैंकक गएका अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ३० पुस २०७४ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App