१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्टरनेशनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा हमाल

काठमाडौं – इन्टरनेशनल सिमेन्ट प्रालिले महानायक राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनी र अभिनेता हमालबीच शनिबार सो सम्बन्धी अनुबन्धपत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कम्पनी सञ्चालक बिमल अग्रवाल र हमालले हस्ताक्षर गरे।

अब इन्टरनेशनल सिमेन्टका उत्पादनहरुको प्रवर्द्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन। वीरगन्जस्थित इन्टरनेशनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ।

कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ३० पुस २०७४ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App